बिरानो बस्तिबाट

Thursday, December 23, 2010

बिगतलाई धिक्कार्दै
वर्तमानलाई नकार्दै
जिउनुको अर्को अर्थ
अनि सुगम पथ खोज्दै गर्दा
महत्वकांक्षाको पंख पलाएपछि
सपनै सपनाको भारी बोकेर
अनिश्चित आकाशमा बेग हानेको मान्छे म
मरुस्थलको अग्निकुन्डमा होमिन आईपुगेछु
सानु तै पनि सञ्चै छु
सञ्चै छु त के भन्नु बाँचेको छु।



अभाव शव्द देखि दिक्क लागेर
पूर्णताको खोजिमा निस्केको मान्छे म
लाग्छ अभावै अभावको
अर्को भट्टिमा जलेर

भष्म हुँदैछन्  सपनाहरु
अनी आफ्नै महत्वकांक्षाको बलिबेदीमा
होमिदै छन् रहरहरु।



उथल पुथल हुँदा मनमा
बेदनाका लाभाहरु
जब आँखाका बांधहरुमा
बिष्फोट हुन्छन्
तिम्रा शब्दहरुले मलाई पोल्छन् सानु
भन्थ्यौ-दु:खमा सुख खोजौंला
जती पाउँला त्यस्मा रमाउँला
सोँच्दै छु तिमी सही थियौ
एकदम सही।

तुँवालोले छोपिएको क्षितिज जस्तो
धमिलो भबिष्य बोकेर
यो रापिलो पराइ भूमिमा
लहू, बाहू र पसिनाले
भाग्य रेखा कोर्ने सपना
सायद सपनामा नै रहने भएपछि
आउँदै छु सानु
उपहार के ल्याउँ तिमीलाई
छैन केही यहाँ सिवाय
घामले चाउरिएका अनुहार 
अनि बन्धक स्वाभिमानहरु,
त्यसैले आउँदै छु सानु 
तिम्रो लागि अलिकती स्पन्दन बाचाएर
आफ्नै पाखामा रम्न, आफ्नै भाकामा रम्न। 

3 Comments:

Anonymous said...

प्रकाश जि हजुर बाट लिखित कबिता धेरै राम्रो लाग्यो,
हजुर ले चाल्नु भएका कदम हरु मा कदापी अबरोध नाअोस,यही मेरो कामना,Keshav k.c
kesh2008kc@yahoo.com

प्रकाश समीर said...

कमेन्ट गर्ने सबै साथीहरुलाई हार्दिक धन्यवाद!

प्रतिबिम्बलाई आफ्नो अमूल्य सुझाव तथा टिप्पणी पठाउन चाहनुहुन्छ भने यसो गर्नुहोस्:-


* तलको बक्समा आफ्नो टिप्पणी (Comment) लेख्‍नुस्
* Comment as : Select profile लेखेको छेऊको arrow मा click गर्नुस्
* तल रहेको Name/URL क्लिक गर्नुस्
* आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
* Post Comment क्लिक गर्नुस् !!