हासौँ है त ...

Saturday, January 22, 2011


१. हातमा माला लिएर अप्रेशन थिएटरमा प्रबेश गरेको डाक्टरलाई देखेर बिरामीले सोध्यो-
"डक्टरसाब यो माला कस्को लागि?"
" भाई यो मेरो पहिलो अप्रेशन हो, सफल भयो भने मेरो लागि, असफल भए तिम्रो लागि।"
- डाक्टर मुस्कुराउदै बोल्यो।


२ . "हेल्लो को बोलेको?"- बुढाले फोन उठाउँदै सोधे।
" तपाईंको छोराको पल्टनबाट बोलेको, तपाईंको छोराको मृत्यु भयो।" -उताबाट आवाज आयो।
"कहिले?....... कसरी?"  - बुढा मान्छेले हड्बडाउँदै सोधे।
"निधारमा गोली लागेर मृत्यु भयो "- उताबाट आवाज आयो।
"धन्न भगवान तै आँखा जोगिएछ छोराको"  - बुढाले खुशी ब्यक्त गर्दै फोन राखे।

मरुभूमीको एउटा फूल

Friday, January 14, 2011

"मेरो बाबा आमाका पाँच सन्तान् मध्य जेठी हुँ म। मेरो नाम वुरुद हो। तीन बर्ष भयो मेरो परिवार सँग बिछोडिएर मामाघर बस्न थालेको।"
बोल्दा बोल्दै एकछिन रोकिई अनि लामो श्वास फेर्दै बिगतमा फर्की -"हाम्रो एउटा सुखी खुशी परिवार थियो राजाधानी बगदादमा। आफ्नै घरमा ठुलो किराना पसल थापेका थियौँ। बाबा पसलमा बस्नु हुन्थ्यो। आमा घरको काममा ब्यस्त हुनुन्थ्यो भने भाई बहिनीहरु विद्यालय जान्थ्यौं। रमाइला दिनहरु थिए ती। आफ्नै घर आँगनमा खेल्थ्यौँ, कुद्थ्यौँ हामीहरु। आमाले खाना साह्रै स्वादिस्ट बनाउनुहुन्थ्यो। बिशेष गरि आमाले बनाएको माछाको पारीकार मलाई खुब सम्झना आउँछ। फुर्सद्को बेला बाबाले हामीलाई पालै पालो मोटरसाइकलमा राखेर घुमाउनु हुन्थ्यो।"
बिगत सम्झेर भक्कानीई ऊ।