"शुभकामना नयाँ बर्ष-२०६८ को "

Monday, April 11, 2011

                     

                   नयाँ बर्ष २०६८ को उपलक्ष्यमा
                          मेरा सम्पूर्ण साथीहरुमा हार्दिक मंगलमय शुभकामना !

 


नयाँ बर्ष मनाउने केही अनौठा चलनहरु

स्पेन:
स्पेनमा नयाँ बर्ष सुरु हुने रातको ठीक बार् बजे बार् वटा अङ्गुरको दाना घडीको प्रत्येक सेकेन्ड सँगै एक एक गरेर खाइन्छ ती बार् अङ्गुरका दानालाई भाग्यका प्रतिक मान्दै त्यो खाएमा बर्षको बार्है महिना सुख समृद्धी भाग्य भित्रिने विश्वास गरिन्छ।

स्कटल्यान्ड:
स्कटिसहरु नयाँ बर्षको बेला आफ्नो घरमा झुल्कने पहिलो आगन्तुकलाई त्यो बर्षको भाग्य जाँच्ने कसी ठान्छन् यस प्रथालाई स्कटल्यान्डमा "फस्ट फूटिङ" (first footing) भनिन्छ उनिहरुको घरमा आउने पहिलो आगन्तुक पुरुषनै भएमा त्यो पनि जिउडाल चटक्क मिलेको अग्लो, गाढा रङको सुन्दर  भएमा त्यो ब्यक्ती लछिन लिएर आएको मानिन्छ त्यो ब्यक्ती व्हिस्की उपहार लिएर आएको भने झन् त्यो बर्ष खुशी उमंगमा बित्ने विश्वास गर्छन् उनिहरु। आगन्तुक ब्यक्ती मुल ढोकाबाट प्रबेश गरेर पछाडिको ढोकाबाट बाहिरिएमा बर्षभरी फलिफाप हुने मानिन्छ।

केही ईतिहासका कुरा

Thursday, April 7, 2011

     "A man who is very busy seldom changes his opinions."

                                                                                                 - Friedrich Nietzsche

प्रशिद्ध जर्मन दार्शनिक फ्रेडरिक नीत्शेले भनेझैं आफ्नो मत आफ्नो बिचार अपडेट गर्न नसक्ने भएको छु म हिजो आज। उपरोक्त भनाइ मेरो दैनिकी सँग झन्डै झन्डै मेल खान पुगेको छ  अचेल। परदेशको बसाइ काम नगरे दाम नआउने, दाम नआए माम नआउने। "नुनको सोझो" गर्ने क्रममा कहिलेकाहिं नुन एती चर्को भाईदिन्छ कि इच्छा आकांक्षाहरु सबै पोको पारेर राख्नु पर्दो रहेछ। बोझिलो बर्तमान सँग संघर्ष गर्ने क्रममा निजी समय अत्यन्त कम हुने भएकोले ब्लग सुरु त गरियो तर यसलाई निरन्तरता दिन धौ धौ परेको छ। छिटो छिटो ब्लग अपडेट गर्न सकिएको छैन। "मासिक ब्लग" भन्दै केही साथीहरुले ब्यङ्यात्मक दुखेसो गर्नु भएको छ। धन्यवाद ती शुभचिन्तक मित्रहरुलाई जसले मलाई निरन्तरताको लागि खबरदारी गरी रहनु भएको छ। अती ब्यस्तताका बाबजुद समयको तालमेल मिलाउने प्रयासमा छु म ।

मन र मस्तिष्क एकाकार नभएपछी रचनाहरु जन्मन गार्‍हो हुँदो रहेछ । आज ब्लग अपडेट गर्ने बहानामा अलिकती फरक रुपमा प्रस्तुत भएको छु। धेरै पहिला मैले ब्लग सुरु गर्नु भन्दा अघी "वेबसाइट महासागर" भित्र गोता मार्दै गर्दा केही मन छुने तस्विरहरु भेटेको थिएँ । आज मेरो कम्प्युटरमा संचित गरिएका तस्विरहरुको फोल्डर खोल्ने क्रममा ती तस्विरहरुमा नजर पर्‍यो। कला र ईतिहास मेरो रुचीका बिषय भएको र यि दुबैको प्रतिबिम्ब यि तस्विरहरुमा देखिएकोले मलाई राम्रो लागेर यी ऐतिहासिक सामाग्रीहरुलाई ब्लग अपडेट गर्ने बहाना बनाएको छु । यहाँहरुलाई कस्तो लाग्ला कुन्नी?
                                                  ठुलो गरी हेर्न तस्विरहरुमा क्लिक गर्नुहोला। 

"उर्भर फाँटको बिचमा सलल कंचन बागमती" -१५८ बर्ष अघिको काठमाडौं । 
  चित्रकार डा हेनरी एम्ब्रोज ओल्डफिल्डले यो चित्र सन् १८५३ अप्रिलमा बनाएका रहेछन् । पाटन     तिर  उक्लने एउटा उकालोमा बसेर काठमाडौंको यो दृष्य उतारिएको रहेछ।