देश खाने कथा - ( १ )

Tuesday, June 21, 2011



१.  सयौं पशु एकै ठाम्
काम साम, बसी बसी माम् - को हो? 

२ .
बोली मा गोली कपटी चाल
बाउन्न तिक्डम्, त्रिपन्न ताल     
झल्लु जी का महाकाल - को हो?


३.  जनताको लात, भारतको साथ,
चुनावमा आलु खाए पनि पेंडाको धाक,
फर्सी जस्तो अनुहारमा घिरौंला जस्तो नाक - को हो?

सातपत्रे फिल्टरको करामत !

Sunday, June 5, 2011


ओहो ! के अचम्म भो आज, सधैं ईराक, अफगानिस्तान, लिबिया सिरियाका भिडन्तका दृष्यहरु मात्र देखाउने बिबिसी, सिएनएन, अल्जजिरा जस्ता टाउके न्युज च्यानलहरु मात्र होइन भारतीय रंगिला न्युज च्यानलहरुले पनि घोक्रो फुलाई फुलाई नेपाल बारे समाचार दिइरहेका रहेछन्। जुन न्युज च्यानल हेरे पनि नेपालमय ल्याप्टप उप्काएर यसो इन्टरनेटमा समाचारहरु हेरेँ त्यहाँ भित्र पनि अटाइ नअटाइ नेपालकै त्यस्तै समाचारहरु लिपिएका छन्। हाम्रा एक जना जुँगे नेताले "चमत्कार" गर्छौं भन्थे साँचै चमत्कार गरेछन् कि क्याहो ! दंग परेँ जीवनमा पहिलो पल्ट होला सायद नेपाली हुनुमा यती धेरै गर्व लागिरहेको थियो आज मलाई।
 
समाचार हेर्दै जाँदा पो थाहा भो चमत्कार कुनै नेताले होइन नेपालका युवा बैज्ञानिकहरुले गरेका रहेछन्। त्यसो साना तिना राष्ट्रिय स्तरका चमत्कारहरु ती युवा बैज्ञानिकहरुले पहिला पनि गर्दै आइरहेकै हुन् कवाडीखानाबाट बिभिन्न थोत्रा मिशिनका पुर्जाहरु , नटबोल्टहरु ल्याएर त्यसमा भएभरको गिदी खियाएर तान् तुन्, ठोक् ठाक् कस् कास् पारेर कहिले हावाइजहाज बनाएर उडाए कहिले रोबोट बनाएर हिँडाए कै हुन् तर यस पाली भने अन्तरराष्ट्रिय स्तरको चमत्कार गरेछन् उनिहरुले, मान्छेलाई साँचो बोलाउने मिशिन आविस्कार गरेर। बैज्ञानिकहरु दाबी गर्दै थिए- " अब यो मिशिनको संपर्कमा आउने जो सुकैले पनि झुटो बोल्न सक्ने छैन।