भिर गौँथली र बाजहरु !

Saturday, July 23, 2011





भिर गौंथलिको बस्तिमा
बाजहरुको संग्रामले
बन्दा बन्दै भत्केका  
हाम्रा गुँडहरु 
कहिले बन्ने हुन् फेरी ! 
 

झिल्को बाँकीनै भए पनि
डढेलो खै निभ्यो नै भन्थे
बाजहरुले बुझ्दै बुझेनन्
कसले हावा दि'रहेको
यी झिल्कोहरुमा !



सर्वस्व हरण हुँदा पनि
भावीको लेखा भन्दै
हामी भिर गौँथलीहरु
हाम्रो भाग्य बिधाता
बाजहरुलाई मानेकै थियौँ !



 बिन्दु बिन्दु हिलो जोडेर
पहरामा बास बनाउने
पिरमा पनि रमाउने
भिरमा पनि रमाउने
हामी भिर गौँथलीहरुलाई
अँचेट्दै अँचेट्दै
झिरमा नै उन्न खोजे'सि
हे भिर गौँथलीहरु !
अझै पनि चुप लाग्ने हो र ??

5 Comments:

वेदनाथ पुलामी said...

प्रकाश जी चुप रहने जमाना त रहेन तर कराउदा मात्रै पनि भएको छैन ... अब नौलो जुक्ति नै निकाल्नु पर्ला !

प्रकाश समीर said...

शायद त्यसै पो हो कि बेद जी !

keshav kc,Iraq said...

प्रकाश जि लेख बडो रोचक र समयनुकुल लाग्यो पनि हाम्रो देश का
मानब होइन दानब रुपी केही नेता हरुले देश लाई कङाल नै बनाउने भए,हामी जनता को
मनोभावना को त कुरै नगरौ। यि बाजहरुलाई निर्मुल पार्न हामी भिर गौथली हरु फेरी एक
हुने बेला आएको छ,की कसो?होइन र?मार्मिक लेख को लागि धेरै२ धन्यवाद।।।।।

Jotare Dhaiba said...

र पनि सहनशीलताको परीक्षामा छन् भीर गौंथलीहरू, चुपचाप ।

हाम्रो सीमारेखामा हामी यसैगरी त पिसिइरहेका छौं !

Anonymous said...
This comment has been removed by a blog administrator.

प्रतिबिम्बलाई आफ्नो अमूल्य सुझाव तथा टिप्पणी पठाउन चाहनुहुन्छ भने यसो गर्नुहोस्:-


* तलको बक्समा आफ्नो टिप्पणी (Comment) लेख्‍नुस्
* Comment as : Select profile लेखेको छेऊको arrow मा click गर्नुस्
* तल रहेको Name/URL क्लिक गर्नुस्
* आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
* Post Comment क्लिक गर्नुस् !!