“मुस्ताङ् क्रान्ति जिन्दाबाद !”

Saturday, September 3, 2011

  
अत्याचार, शोषण, दमन र भिभेदका बिरुद्ध भन्दै रोल्पाबाट क्रान्ति सुरुवात गरेका बाबुराम भट्टराईले देशको प्रधानमन्त्री भए लगत्तै फेरी बिलाशिता र अपव्ययिताका बिरुद्ध मुस्ताङ्बाट क्रान्ति सुरु गर्ने जमर्को गर्दै छन् । रोल्पाबाट सुरु भएको क्रान्ति कती सफल भयो, कती असफल भयो, कसलाई  रुवायो र कसलाई हसायो यसको लेखा जोखा ईतिहासले गर्दै जाला तर मुस्ताङ्बाट सुरु भएको यो क्रान्ति सफल हुनै पर्छ भन्ने कामना मेरो र लाखौं लाख नेपालीको छ।

प्रधानमन्त्री पदमा आशिन भए लगत्तै सवा करोड भन्दा बढी महँगो पर्ने सुबिधा सम्पन्न बिलाशी गाडी लत्त्याएर भट्टराईले नेपालमा “एसेम्बल्ड” भएको मुस्ताङ् गाडी रोजे आफ्नो सवारी साधानको रुपमा । आफ्नो भोग बिलाशी दैनिकी मा धक्का पुग्ने महसुस गरेका  केही बिलाशीहरुले भट्टराईको यो कार्यलाई सस्तो लोकप्रियाताको लागि गरिएको नौटंकी भने पनि आम जनताले यस कार्यलाई निकै सकारात्मक रुपमा लिएका छन् । “जुन जोगी आए पनि कानै चिरेको” भन्दै प्रधानमन्त्रीको कुर्चीमा को आउँछ को जान्छ वास्ता गर्नै छाडेका नेपाली जनतामा यो जोगी त अली फरक पो हो कि भन्ने अनुभुती गराएको छ। यसले निराश मनहरुमा केही आशाका किरणहरु जगाएको छ। 

हिजो तुना चुँडिएका चप्पल लगाएर सिंहदरबार प्रबेश गरेकाहरु आज करोड, डेढ करोड पर्ने बिलाशी गाडीहरु मा हुइँकिरहेका छन् । दूरदराज गाउँ तिर आज पनि लाखौं नेपाली जनताहरु नाङ्गा पैतला दर्शनढुङ्गामा खियाउँदै उकालो ओरालो गर्न वाध्य भैरहेको बेला कथित जनसेवक र राष्ट्रसेवकहरु भने तिनै जनताको टाउको गनेर बिदेशबाट काढेर ल्याएको ऋणको दुरुपयोग गरेर हजारको होइन, लाखको होइन, करोड भन्दा बढी महँगो गाडी चढ्दै छन्।

“संसार बदल्नु छ भने शुरुवात आफै बाट गर” यही दर्शनबाट प्रेरित भए झैँ भट्टराईले पनि यो गर्नु र त्यो गर्नु भनेर कसैलाई आदेश र उपदेश नदिएर आफैले गरेर देखाए। यसले गर्दा अरुलाई पनि नैतीक दबाव परेको महसुस गरिएको छ। वास्तवमा अहिलेको अवस्थामा नेपाललाई ठुला ठुला भाषण गर्ने र फिट्टिक्कै सिन्को नभाँच्नेहरु भन्दा साना तिना यस्तै सकारात्मक कामहरु गरेर निराश नेपाली मनहरुमा आशा जगाउन सक्ने अगुवाको खाँचो छ।

मुस्ताङ्बाट सुरु भएको उनको यो सुधार क्रान्ति रोकिनु हुँदैन र यसलाई कुनै राजनीतिक सिद्दान्त सँग जोडेर आग्रह, पूर्बाग्रहको चस्माले हेरिनु पनि हुँदैन । राम्रो काम काले या गोरे जस्ले गरे पनि साथ र समर्थन दिनै पर्छ। उदेक लाग्दो कुरा त उनलाई असफल बनाउने कार्य उनकै पार्टी भित्रैबाट सुरु भएको छ। डाक्टर भट्टराई ले बिरामी देशको उपचार सुरु गर्नै लागेको बेला बैध्यहरु सडकमा ओर्लिएका छन्। अब देशले उपचार पाउँछ कि भनेर आशा जागिरहेको बेला डाक्टर र बैध्यको यो मनमुटावले खै के पो  हुने हो।

साना तिना यी सुधारका कामले जनतामा केही आशा र उत्साह जगाए पनि देशको बर्तमान जटिल राजनीतिक गाँठो फुकाउनको लागि भने भट्टराईले आफ्नै पार्टी भित्र र अन्य पार्टी सँग राम्रो समन्वय गरेर अघी बढ्नु पर्ने हुन्छ।निषेध र उपेक्षाको राजनीतिले गर्दा नै देश आजको जटिल अवस्थामा आइपुगेको हो भन्ने कुरा विद्वान प्रधानमन्त्रिले बुझेकै होलान्। समन्वयकारी भूमिकामा भट्टराई कम्जोर छन् भनेर लगाइने आरोपलाई गलत साबित गर्ने परिक्षाको घडी पनि यही हो।

हरेक सर्बेक्षणहरुमा तिमीलाई अग्र पङ्क्तीमा राखेर तिमी प्रधानमन्त्री भएको हेर्न चाहने नेपाली जनताहरुको आशालु नजर अहिले तिमी तिरै सोझिएको छ। ती नजर हरुलाई निराश नतुल्याउनू। हिम्मत गर बाबुराम !


“मुस्ताङ क्रान्ति जिन्दाबाद !”

3 Comments:

krishna dahal [iraq] baghdad. said...

मुस्ताङ क्रान्ति जिन्दबाद ,ब्लोग पढदा साह्रै खुशी लागो ,हुनी बिरुवाको चिल्लो पात ,एस्तो हुन्छ ! हाम्रा महान कोम्रेद डा ;बाबुराम जि जुन काम देश र जनता को लागि गर्नु भको हो , हामी धरै खुशी छोउ ,,धन्यबाद ,, प्रतिबीम्ब ,, ब्लग ,,

Jotare Dhaiba said...

सुताहाको बस्तीमा एक्लो दौड उदाहरणीय र प्रेरणास्पद त हुन्छ नै, साथमा सुताहाहरूको अड्चन पन्छाउँदै दौडेर कुनै लक्ष्यमा पुग्नुपर्ने चुनौती पनि हुन्छ । बाबुराम यस्तै मञ्चमा छन् अहिले । हिंड्छु, केही गर्छु, कहीँ पुग्छु भन्ने उत्साही पाइलाले पनि बाटो पाउँदैन यो समयमा, राजनीतिमा त झन् जहाँ प्रयास त्यहाँ अवरोध । तपाईँको भनाइमा ठ्याम्मै सहमति ठोक्दै बाबुराममा हिम्मत भर्ने कामनामा छु ।

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।

प्रतिबिम्बलाई आफ्नो अमूल्य सुझाव तथा टिप्पणी पठाउन चाहनुहुन्छ भने यसो गर्नुहोस्:-


* तलको बक्समा आफ्नो टिप्पणी (Comment) लेख्‍नुस्
* Comment as : Select profile लेखेको छेऊको arrow मा click गर्नुस्
* तल रहेको Name/URL क्लिक गर्नुस्
* आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
* Post Comment क्लिक गर्नुस् !!