दसैंलाई एउटा प्रश्न !

Friday, September 30, 2011


"धनीको लागि मोज पर्ब बनेर,
गरिबको लागि बोझ पर्ब बनेर,
घुम्दै फिर्दै आइपुग्यो दसैं
पशु पंक्षिका लागि कोतपर्ब बनेर" 

 केही दिन अघी मैले फेसबूक लगायतका सामाजिक सन्जालहरुमा टाँसेका हरफहरु हुन् यी। शब्दहरुमा अभिव्यक्त भए झैँ दसैं प्रती मेरो पुरै बितृष्णा त होइन तर बाल्यकाल देखी नै एउटा प्रश्न दसैं वरीपरी मेरो मनमा खेली रहन्छ - के बलीको नाममा निरिह पशु पंक्षिको रगतको खोलो बगाएर साँच्ची नै धर्म हुन्छ त ?
बली प्रथाको बारेमा धार्मिक ग्रन्थहरुले के भन्छन् मलाई थाहा छैन तर मैले सिकेको मानव धर्मले भन्छ- जगतमा भएका मानव, पशु, पंक्षि, किट पतङ्ग सबै ईश्वरका सन्तान् हुन्। एउटा सन्तानको खुशीको लागि अर्को सन्तानको रगत कुनै आमा बाबुले माग्दाहुन् र ?........ तपाईंको मनले चैँ यस बारे के भन्छ ??


       विजया दशमी २०६८ को मंगलमय हार्दिक शुभकामना !!

8 Comments:

Jotare Dhaiba said...

मलाई पनि दसैंमा मात्र होइन, पूजाआजामा बलिप्रथा हुँदा कत्ति पनि धार्मिक पाटो हुँदै होइन यो भन्ने लाग्छ । एउटालाई प्राणदण्ड दिएर मिल्ने कस्तो पुन्य हो ? स्वादको लागि जनावरको हत्या गरेको भनेर हाकाहाकी भनिदिए भैगो नि ।

यहाँलाई पनि बडादसैंको निकै शुभ कामना !

Pawan Paudel said...

शाकाहारी दसैंको सुरुवात आफैबाट सुरुवात गर्नुपर्छ ।

Dilip Acharya said...

ईमान्दारीका साथ कुरा राख्दा, म अहिलेसम्म मांसहारी नै छु तर पनि मलाई धर्मको नाममा गरीने काट-मार गलत लाग्छ ।

सकेसम्म मांसहार छोड्नु नै राम्रो हो, यदि सकिन्न भने पनि आफ्नो स्वादे जिब्रोको माग पुरा गर्ने उपक्रमलाई धार्मिकताको आड दिनु अत्यन्त गलत हो ।

पूजा, प्रार्थना र भक्तिको बीचमा 'हत्या''हीँसा' र 'काटमार' कसै गरे पनि मिल्ने कुरा हुँदै होइनन् ।

विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना !!!

keshav kc,Baghdad-Irk.. said...

प्रकाश जि,हजुर को ब्लग मा उल्लेखित'दसैं लाई एउटा प्रश्न'हजुर को बिचार र मेरो बिचार
मा कुनै दुई मत छैन। धर्म-र चाड-पर्ब को नाम मा पशु पंक्षिको रगत को बलिदान दिनु
राम्रो त होइन नै।वास्तविक भन्नु पर्दा पशु को बली चाड पर्ब मान्ने र इश्वर खुशी हुने त होइन
होला।
अन्तिम मा हजुर लाई पनि विजय दशमी २०६८ को हार्दिक मंगलमय शुभकामना अनी प्रगती
अग्रिम कामना....../

प्रकाश समीर said...

कमेन्ट्को लागि जोतारे धाइबा जी, दिलीप सर, पवन जी र केश जी लाई धेरै धेरै धन्यवाद !

यहाँहरु सबैलाई फेरी बिजया दशमीको शुभकामना !!!

Chaitanya said...

यहाँलाई बिजया दशमीको शुभकामना !

प्रकाश समीर said...

चैतन्यजी यहाँलाई पनि ढिलै भए पनि विजया दशमीको शुभकामना !!!

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।

प्रतिबिम्बलाई आफ्नो अमूल्य सुझाव तथा टिप्पणी पठाउन चाहनुहुन्छ भने यसो गर्नुहोस्:-


* तलको बक्समा आफ्नो टिप्पणी (Comment) लेख्‍नुस्
* Comment as : Select profile लेखेको छेऊको arrow मा click गर्नुस्
* तल रहेको Name/URL क्लिक गर्नुस्
* आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
* Post Comment क्लिक गर्नुस् !!