मखमली फुल्दा मार्सी धान झुल्दा....!!

Wednesday, October 26, 2011

     
हिजो कुकुर तिहार रहेछ कुकुर तिहारको शुभकामना ठोक्दिएँ हाम्रा नेता तथा सभासदहरुलाई !!

आज संसारकी सबै भन्दा "सुपर हिट" देवी लक्ष्मीको पूजा गर्ने दिन लक्ष्मीपूजा !!
उनको कृपाको चक्करमा तालु बगर हुन लाग्दा पनि खै अहिले सम्म लक्ष्मी माताको "तथास्तु" पाउन सक्या होइन, तै पनि कोटी कोटी प्रणाम माता!!
मनको दियोमा आँसुको तेल थप्दै आशाको बाती बालेर तिम्रो स्वागतमा बसेका गाउँका अँध्यारा बस्तीहरुमा कहिल्यै नचिहाउने सधैं ठुला बडा र शहरका "सुकिला मुकिला"हरुका वरि परि बिराज हुन मन पराउने तिम्रो लीला बिचित्रै भो माता !!! सधैं शहरको झिलिमिलीमा मात्र नभुल्नू, यसो गाउँका झुपडीहरु तिर पनि पाइला टेक्दै गर्नू !!

सयपत्री फुल्ने त्यो मेरो माटो भन्दा सयौँ क्षितिज पारीको यो पराइ भूमीमा खै के दसैं के तिहार सधैं काम, सधैं कर्तव्य । जोतारे धाइबाले दसैं बारेको  आफ्नो पोष्टमा लेखे झैँ धन्न हाम्रा संचार माध्यमहरुले चिच्याइ चिच्याइ भनिदिन्छन् -" चाड बाड् आयो है ! " हिजो सम्म शान्त रहेको मन आज बिहानै देखी रेडियो र टेलिभिजनमा बजिरहेका देउसी र भैलो गीतहरुले मनमा एक प्रकारको हुट हुटी जगाइदिएका छन्। दूर भूगोलको साँध सिमाना नाघेर घरि घरि यो मन गाउँका साथी संगीहरु सँग देउसी भैलो खेल्न पुग्छ। यसो औंला भाँचेर हिसाब लगाएँ, धेरै बर्ष भएछ मेरी एउटै मात्र बहिनिको हात र मेरो निधारको सँगम नभएको पनि । सम्झिँदा मन भक्कानिएर आयो। थुक्क जिन्दगी !!! आँफैलाई धिक्कारेँ ।

आज दिन भर कृष्ण भक्त राइले गाएको गीतको यो अन्तरा गुन्गुनाउन मन लागिरह्यो -

......."मखमली फुल्दा मार्सी धान झुल्दा बहिनी आउने छिन्,
दहिलाको तस्बिर छातीमा टाँसी आँसु बगाउने छिन्........!!"

स्वदेश तथा बिदेशमा रहनु हुने सम्पूर्ण नेपालीजनमा शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना !!!

3 Comments:

Pratigy 20 Preety gul said...

"मखमली फूल्दा मासर्ी धान झुल्दा" साह्ै मीठो लेखन । साच्चै भन्नु पर्दा यो मखमली शब्दले मेरो बर्षौ देखि रही आएको बिदेशी भाईको यादले सतायो, अनि मनमा कता कता बिष्मत छायो, अनायस आँखामा आशु आयो !!!!!

प्रकाश समीर said...

Pratigy 20 Preety gul जी साँच्ची नै लाग्छ आफन्तहरु साथमा नभएको बेला यी ठुला चाड वाड नआइदिए नै हुन्थ्यो तर तपाईं र म मात्र होइन हाम्रा लाखौं दाजु भाई तथा दिदी बहिनीहरु यसरी नै कल्पेर बस्न बाध्य छन् आफ्नो मन सम्हाल्नु होला।

यहाँलाई शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना!!

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।

प्रतिबिम्बलाई आफ्नो अमूल्य सुझाव तथा टिप्पणी पठाउन चाहनुहुन्छ भने यसो गर्नुहोस्:-


* तलको बक्समा आफ्नो टिप्पणी (Comment) लेख्‍नुस्
* Comment as : Select profile लेखेको छेऊको arrow मा click गर्नुस्
* तल रहेको Name/URL क्लिक गर्नुस्
* आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
* Post Comment क्लिक गर्नुस् !!