बिशेष अन्तरबार्ता !!

Tuesday, November 8, 2011

माओबादी अध्यक्ष प्रचन्ड अहिले अमेरिका भ्रमणमा निस्केका छन् अली अनौठो मुद्दा बोकेर।कम्तिमा प्रचन्डको हकमा यो कुरालाई अनौठो नै मान्नु पर्ला। कुनै दिन लडाईं र ध्वंसका लागि  कुन गौँडाबाट हात हतियार भित्र्याउन सकिएला भनेर दिन रात नाप नक्शा कोर्दै बस्ने मान्छे अहिले शान्तिका दूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको बिकासका लागि सहयोग र समर्थन जुटाउने दौडाहामा लागेका छन् । नेपाल र नेपालीका लागि यो खुशी कै कुरा मान्नु पर्छ। बाल्मिकि पनि त बिद्द्वान कहलिनु भन्दा पहिला कुनै दिन खुंखार डाँका  थिए भन्ने सुन्या हो। प्रचन्ड पथबाट बाल्मिकी पथमा लाग्दै गरेका उनै नेताज्यू सँग ९०% बिज्ञापन र १०% प्रतिशत मात्र समाचार छापिने नेपालको जल्दो बल्दो पत्रीका "शुभलाभ" का लागि पत्रकार "नारदमुनी" ले लिएको अन्तर्वाता-  

अमेरिका किन जान लाग्न भा ?
"लुम्बिनीको बिकास र शान्ति प्रकृयामा सहयोग र समर्थन् जुटाउने सवालमा यसो केही हुन्छ कि भनेर जान लाग्या।"
युद्ध प्रेमी मान्छे अचानक कसरी बुद्ध प्रेमी हुनु भो ?
"हेर्नुस् बुद्ध र हामीमा धेरै समनता छ, उनी राजाको छोरो हुँदाहुँदै पनि दरबारको सम्पूर्ण सुख सयल छोडेर आँफै सँग बिद्रोह गरि वन पसेका थिए। पछी सम्पूर्ण भ्रमबाट मुक्त भएपछी फर्के। हामी पनि बिद्रोह गरेर वन पस्यौँ र दश बर्षको वनबासले हामीलाई पनि भ्रम मुक्त बनायो र अहिले शहर पसेका छम् ।"