बिशेष अन्तरबार्ता !!

Tuesday, November 8, 2011

माओबादी अध्यक्ष प्रचन्ड अहिले अमेरिका भ्रमणमा निस्केका छन् अली अनौठो मुद्दा बोकेर।कम्तिमा प्रचन्डको हकमा यो कुरालाई अनौठो नै मान्नु पर्ला। कुनै दिन लडाईं र ध्वंसका लागि  कुन गौँडाबाट हात हतियार भित्र्याउन सकिएला भनेर दिन रात नाप नक्शा कोर्दै बस्ने मान्छे अहिले शान्तिका दूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको बिकासका लागि सहयोग र समर्थन जुटाउने दौडाहामा लागेका छन् । नेपाल र नेपालीका लागि यो खुशी कै कुरा मान्नु पर्छ। बाल्मिकि पनि त बिद्द्वान कहलिनु भन्दा पहिला कुनै दिन खुंखार डाँका  थिए भन्ने सुन्या हो। प्रचन्ड पथबाट बाल्मिकी पथमा लाग्दै गरेका उनै नेताज्यू सँग ९०% बिज्ञापन र १०% प्रतिशत मात्र समाचार छापिने नेपालको जल्दो बल्दो पत्रीका "शुभलाभ" का लागि पत्रकार "नारदमुनी" ले लिएको अन्तर्वाता-  

अमेरिका किन जान लाग्न भा ?
"लुम्बिनीको बिकास र शान्ति प्रकृयामा सहयोग र समर्थन् जुटाउने सवालमा यसो केही हुन्छ कि भनेर जान लाग्या।"
युद्ध प्रेमी मान्छे अचानक कसरी बुद्ध प्रेमी हुनु भो ?
"हेर्नुस् बुद्ध र हामीमा धेरै समनता छ, उनी राजाको छोरो हुँदाहुँदै पनि दरबारको सम्पूर्ण सुख सयल छोडेर आँफै सँग बिद्रोह गरि वन पसेका थिए। पछी सम्पूर्ण भ्रमबाट मुक्त भएपछी फर्के। हामी पनि बिद्रोह गरेर वन पस्यौँ र दश बर्षको वनबासले हामीलाई पनि भ्रम मुक्त बनायो र अहिले शहर पसेका छम् ।"
प्रमुख पार्टीहरु बिच भएको सात बुँदे सहमतिले अब कता पुर्‍याउला ?
"खै देशलाई त कता पुर्‍याउला अहिले नै केही भन्ने अवस्था छैन तर शुशिल कोइराला या मलाई चैँ प्रधानमन्त्रीको कुर्चिमा पुर्‍याउँछ कि भन्ने आशा छ।"
अनि त्योरअ”  सँग भेटेको भन्ने कुरा बाहिर आइ'रछ, वास्तवमा त्यो के हो ?
"प्रश्न सुन्ने बित्तिकै प्रचन्ड मुसुक्क हाँसे कुम उचाल्दै बोल्न थाले-" मैलेरअ” का अधिकारीहरु सँग भेटेकै हो तर मान्छेहरुलाई के भ्रम परीराछ भने मैले भारतीय गुप्तचर संस्थारअ” सँग भेट गरेँ, जुन सरासर गलत हो। मैले WWE RAW (रेस्लिङ) का अधिकारीहरुसँग भेट गरेको कुरालाई तोड मोड गरेर भारतीय गुप्तचर संस्था RAW सँग भेट गरेको भन्ने हो हल्ला मच्चाउनु कहीँ कहीँ शान्ति संबिधान नचाहने तत्वहरुको षड्यन्त्र नै हो भन्ने मलाई लाग्छ।"
उनी हरुसँग भेट्नुको कारण ?
"प्रचन्ड फेरी मुसुक्क हासे - "निश्चित रुपमा हाम्रो महान गौरवशाली पार्टी भित्रका व्यक्तीहरुको जुझारु स्वभाव खास गरी हामी नेतृत्व पङ्तीमा भएकाहरुको छिर्के हानेर लडाउने, खुट्टा तानेर पछार्ने , ढाडमा टेकेर टाउकोमा हान्ने जस्ता  बिशेष कलाबाट WWE RAW  का अधिकारीहरु निकै प्रभावित रहेछन्। त्यसैले हामीलाई रेस्लिङमा खेल्न आइदिनु पर्यो भनेर अनुरोध गर्न 'रैछन्।"
त्यो भेटमा उनीहरुले के भने तपाईंले के भन्नु भो ?
"तिनीहरुले हेलो भने मैले हाइ भनेँ ।"
हैन मेरो मतलव अरु कुराकानी के के भो भन्या?
"ए……. अरु कुरा कानीमा उहाँहरुले हाम्रो प्रतिभाको खुब प्रशंसा गर्नु भो। उचाल्ने, पछार्ने, ठोक्ने, पिट्ने लगायतका एउटा रेश्लरमा हुनु पर्ने सम्पूर्ण तिक्डम तपाईंहरुमा भन्नु भो।   उहाँहरुले के कुरामा जोड दिनु भो भने तेहेरो स्पर्धा (Triangle match) मा हाम्रो टिम खुब उपयुक्त हुन्छ रे।
खास गरी मलाई छिट्टै नै WWE च्याम्पियन हुन सक्ने व्यक्तीको रुपमा लिनु भो। हेर्नुस् बडो भावुक मान्छे। उनिहरुले मेरो प्रतिभाको बखान गरिरहँदा मेरो मुटु भक्कानिएर आँखा रसाएर आयो। ग्वाँ ग्वाँ  रोउँ जस्तो लाग्या थ्योकसो कसो मन थामी हालेँ " ............बोल्दै गर्दा अहिले पनि प्रचन्ड बडो भावुक देखिएका थिए।
भेट हुँदा तपाईं नै प्रचन्ड हो भनेर उनिहरुले कसरी चिने त ?
"प्रचन्ड जुँगा मुसारेर मुसुक्क हाँस्दै बोले - " परार साल अम्रिका भ्रमणमा गएको बेला त्यहाँको एउटा टेलिभिजनले मेरो जुगाँलाई जूम गरेर पटक पटक देखाएको रहेछ। अहिलेको भेटमा पनि त्यही जुँगा हेरेर ठ्याक्कै चिनिहाले नि।"
सर्बहारा बर्गको नेता भएर पनि सुट बूटमा टिप टप भएर हिंड्ने सुबिधा भोगी बन्दै गएको आरोप लाग्न थाल्या छ नि तपाईं माथि ....?
प्रश्न खस्न नपाउँदै अली उत्तेजित हुँदै बोले प्रचन्ड- " हैन सर्बहारा भन्दैमा लगौँटी मात्रै लगाएर हिंड्नु पर्ने हो कि कसो मैले ? "  यो  पनि शान्ति प्रकृया बिथोल्न चाहने तत्वहरुको हल्ला हो । ………हाम्ले बुझ्या छैनम् !!"
एक ताका तपाईंको पार्टीले राष्ट्रिय स्वाधिनताको नारा खुब जोड तोडले उठाउँथ्यो , अहिले त्यो  छोड्नु भा हो ?
"छोड्या छैनम् कहाँ छोड्नु। यस्ता मुद्दा भनेको प्रतिपक्षमा बसेको बेला उठाउने कुरा हुन्। अहिले हामी सत्तामा भा हुनाले निश्चित रुपमा फुर्सद अलिकती कम भाकै हो। बैध्यजीहरु केही फुर्सदिला हुनाले उहाँहरुले यो बिषय घरि घरि कोट्याउदै पनि हुनुन्छ। पछी हामी प्रतिपक्षमा बस्यौं भने यसलाई घनिभूत रुपमा उठाउने नै छौँ।"
बैध्यको प्रसँग उठिहाल्यो एउटा कुरा, बैध्यजीहरुले तपाईंहरुलाई क्रान्तिको धार छोडेर हुँदा खाने सर्बहाराको पार्टीलाई हुने खाने जमातको सेवक बनाउन लागेको आरोप लगाउनु भा नि !!  के भन्नु हुन्छ?
"बडो गम्भिर प्रसँग उठाउनु भो यहाँ ले...... यती भनेर प्रचन्डले लामो सास ताने बोले - हेर्नुस् हामिहरुले क्रान्तिको धार छोडेको पटक्कै होइन। तर निश्चित रुपमा एउटा कुरा के सत्य हो भने लेनिन माओले छाडेर गएका ती पुराना जडिबुटीले मात्र देशलाई लागेको रोग निको पार्नु सम्भव छैन। आफ्नै देशको माटोमा पाइने जडिबुटीको पनि मिश्रणबाट मात्र यो सम्भव भन्ने निश्कर्षमा पुगिएकै हो। यसको लागि बैध्य, डाक्टर, शिक्षक, इन्जिनियर,किसान, मजदूर एक ठाउँमा हुनै पर्छ भन्ने लाग्छ।"
बादलजी पनि बाटरिनु भा उहाँलाई के भन्नु हुन्छ?
"ती मुलालाई के भन्नु !!  भूमिगत कालमा भारतमा बस्दा एक हजार रुप्पे उनीबाट सापट चलाँथे मैले। बिभिन्न प्रतिकुल कारणले गर्दा समयमा फिर्ता दिन नसकिएकै हो अहिले त्यही हजार रुप्पे सिधै माग्न नसकेर ब्यक्तिगत गाली गलौँजमा उत्र्याछन् तर तिनले केही लछारपाटो लाउन्नन। ती भनेका गर्जिने बादल मात्र  हुन्, बर्षिने बादल होइनन्।"


4 Comments:

Dilip Acharya said...

काल्पनिक भए पनि 'होला, होला' जस्तै :)

Jotare Dhaiba said...

निकै रमाइलो । छनक पूरै यथार्थपूर्ण लागे । तपाईंको कल्पनाशक्तिलाई मानें ।

प्रकाश समीर said...

दिलीप सर अनि जोतारे धाइबाजी यहाँहरुलाई धेरै धेरै धन्यवाद !!

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।

प्रतिबिम्बलाई आफ्नो अमूल्य सुझाव तथा टिप्पणी पठाउन चाहनुहुन्छ भने यसो गर्नुहोस्:-


* तलको बक्समा आफ्नो टिप्पणी (Comment) लेख्‍नुस्
* Comment as : Select profile लेखेको छेऊको arrow मा click गर्नुस्
* तल रहेको Name/URL क्लिक गर्नुस्
* आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
* Post Comment क्लिक गर्नुस् !!