रेसुंगा मलाई माफ गर !

Saturday, April 13, 2013


 नयाँ बर्ष २०७० को शुभकामना सम्पूर्ण मेरा मित्र तथा  शुभेक्षुकहरुमा !!!

फोटो साभार: गुल्मी न्युज डट कम 
    झन्डै ६२ हप्ता भएछ मेरो ब्लग अप्डेट् नभएको। समय परिस्थिती र आफ्नो दैनिकी सँग ताल मेल मिलाउन नसक्दा नचाहदा नचाहदैँ पनि मलाई माया गर्ने साथी सर्कल र शुभेच्छुकबाट यतिका दिन गुमनाम बस्नु पर्दाको पींडा म यहाँ बर्णन गर्न असमर्थ छु।
          सोँचेको थिएँ नयाँ बर्ष २०७० को शुभकामना सहित कुनै राम्रो बिषयको पोष्ट लिएर पुनरागमन गरुँला । यता नयाँ बर्षको शुभकामना आदान प्रदान गर्ने बेला हुंदै गर्दा उता मेरो गृह जिल्ला गुल्मीको ताज, पवित्र तिर्थस्थल, धार्मिक, एैतिहासिक र पर्यटकीय स्थल रेसुंगामा तीन दिन देखी आगो लागिरहेको छ र यी पङ्तीहरु तयार पार्दा सम्म पनि आगो नियन्त्रणमा आउन नसकेको खबर छ। आफ्नो साल नाल गाडीएको माटोमा  आगोको साम्राज्य फैलिँदै गरेको सुनेर हिजो राती सुत्ने बेलामा धेरै पटक कोल्टे फेर्नु पर्‍यो निदाउनको लागि। तिनै कोल्टे फेराइको क्रममा निस्केका मेरा भावनाहरुलाई  बिहान उठेर यसरी लिपिबद्द गरेँ  ............

रेसुंगा मलाई माफ गर !

श्रिङ्ग ऋषीको तपो भूमी
मेरी रेसुंगा, 
गुल्मीको धुरीखाँबो मेरी रेसुंगा 
बदनमा ढकमक्क गुराँस फुलाएर
उन्मत्त बैंसालु बाला झैँ
बसन्त बहारमा मग्न मस्त भएको बेला
खै कुन पापीले झोंस्यो कुन्नी
तिम्रो तनमा आगो

कुन सन्काहाको सनकमा जल्न पुग्यौ तिमी
कुन अज्ञानीको अन्धोपनमा बल्न पुग्यौ तिमी
तिमी उता जल्दै छौ
म यता जल्दै छु
फरक यत्ती नै त हो
उता तनमा आगो लगेको छ
यता मनमा आगो लागेको छ।
काँचको पर्दामा तिमी जलेको हेर्न बिवस छु
अखबारको पानाहरुमा तिमी बलेको खबर पढ्न बिवस छु।
मेरी रेसुंगा  मलाई माफ गर ।
तिम्रै अमृत धाराबाट सिंचित् मान्छे म
तिम्रो कान्ति दहन हुंदै गर्दा
तिमी अग्नी ज्वारमा लपेटिंदै गर्दा
एक घुट्को पानी पिलाउन नसक्ने
 कथित म तिम्रो मान्छे खै के आफ्नो मान्छे ।
कुनै संकुचित मगजको
दम्भी पुरुषले तेजाव छ्यापेको
कुनै अभागीनी नारीको बिभत्स मुहार झैं
कान्ति बिहिन भयौ होला तिमी 
सहानुभुतिका दुई शब्द बाहेक
खै के नै दिन सक्छु र
भुगोलको यो सुदूर  क्षितिज पारीबाट
मेरी रेसुंगा  मलाई माफ गर ।
मलाई माफ गर ।।

3 Comments:

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।

maria said...

मेरो गवाही पढ्नुहोस्



मेरो नाम maira Slavonskinm हो। मेरी आमाले मलाई भन्नुभयो कि उनी अनलाइन जाँदैछिन् र जोस लुइस लोन प्रकाशनमा आइन् जसमा उनको ऋण कम्पनीले सर्वसाधारणलाई धेरै कम ब्याज दरमा ऋण दिन्छ। त्यसैले, मैले उनको इमेल मार्फत कम्पनीलाई सम्पर्क गरें: (joseluisloans@gmail.com)
जुन मेरी आमाले देखेको पोस्टमा छ र मैले 2 वर्षको अवधिको लागि 8000 युरो ऋणको लागि आवेदन दिएँ। कम्पनीले मलाई जवाफ दियो र मलाई आफ्नो कम्पनीका सबै सर्तहरू पठायो जुन मैले पढेको थिएँ र म तिनीहरूसँग सहमत छु। मेरो ऋण आवेदन स्वीकृत गरिसकेपछि, मैले मेरो बैंक खाताबाट 8,000 युरो रकम भुक्तान गरिएको बताएको सूचना प्राप्त गरें। मैले डिसेम्बर 18 मा ऋण तिर्न समाप्त गरें र त्यसपछि मेरो आफ्नै व्यवसाय सुरु गर्न 32,000 यूरो माग्न निर्णय गरें, जुन मैले मेरो बैंकमा प्राप्त गरें।
त्यसोभए, म यो अवसर लिन चाहन्छु कि जोस लुइस लोनका लागि इ-मेल मार्फत आवेदन दिन इन्टरनेटमा भरपर्दो निजी ऋणदाता खोजिरहेका सबैलाई सन्देश पठाउनुहोस्: joseluisloans@gmail.com

shore said...

स्काई अनुभवले € 5000 देखि € 50000 सम्म नगद ऋण उपलब्ध गराउँछ, र हामी € 50000 देखि € 300,000 सम्मको कुनै पनि व्यक्ति वा कम्पनीलाई ऋण चाहिने वार्षिक दरमा परियोजनाहरूलाई वित्त पोषण गर्छौं। पैसा तिनीहरूको केही आवश्यकताहरू पूरा गर्न।
यदि तपाईंलाई मद्दत चाहिन्छ भने, कृपया हामीलाई भन्नुहोस् कि तपाईंलाई कति आवश्यक छ र चाहिएको छ
भुक्तानी अवधि। छिटो क्रेडिट र भुक्तानीको अनन्त तनाव।
हाम्रो वेबसाइट (https://skyexperienceloan.com) मा जानुहोस् वा contact@skyexperienceloan.com इमेल गर्नुहोस्

प्रतिबिम्बलाई आफ्नो अमूल्य सुझाव तथा टिप्पणी पठाउन चाहनुहुन्छ भने यसो गर्नुहोस्:-


* तलको बक्समा आफ्नो टिप्पणी (Comment) लेख्‍नुस्
* Comment as : Select profile लेखेको छेऊको arrow मा click गर्नुस्
* तल रहेको Name/URL क्लिक गर्नुस्
* आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
* Post Comment क्लिक गर्नुस् !!