गन,धन,डन तन्त्र

Thursday, May 30, 2013


अब नेपाल चलाउने नयाँ पार्टी र त्यसका नेताहरु !!!!
  "कागलाई बेल पाक्यो हर्ष न बिस्मात", गणतन्त्र दिवस यस्तै भयो नेपाली जनतालाई । गणतन्त्रको दिन घर घरमा  दीपावली  गर्न गृह मन्त्रालयले उर्दी जारी गरेको थियो क्यारे सायद ! देशका दुरदराज गाउँहरुबाट रोग भोक सँग लड्न नसकेर अझै कती आमाहरु आफू सँगै  छोरा छोरीहरुलाई बिषको घुट्को पिलाएर जीवन समाप्त पारीरहेको  खबरहरु आइरहेको बेला गणतन्त्रको जय गान गर्दै कसरी दीपावली गरुँ गणतन्त्रको नाममा !!

   गणतन्त्रका "तान्त्रिक"हरुको घिन लाग्दो राजनीतिले गर्दा  त्यती ठुलो ऐतिहासिक परिवर्तनलाई  पनि  नेपाली जनताले आफ्नो दुर्भाग्यको व्यबस्था सुरु भएको ठान्न थालेका छन् । जनवादीहरु धनवादी भए यही गणतन्त्रमा , धनबादीहरु डनवादी भए यहीगणतन्त्रमा । गन , धन र डनको तन्त्र भयो गणतन्त्र । पौने तीन करोड नेपालीको साझा घरलाई जन्मदिनको केक झैं टुक्रा टुक्रा पारेर जात जातमा बाँड्ने यी अदूरदर्शी नेताहरुको यो तन्त्रले नेपाली जनतालाई कहाँ पुर्‍याउने हो रक्षा गर पशुपतिनाथ !!!!

1 Comment:

Anonymous said...
This comment has been removed by a blog administrator.

प्रतिबिम्बलाई आफ्नो अमूल्य सुझाव तथा टिप्पणी पठाउन चाहनुहुन्छ भने यसो गर्नुहोस्:-


* तलको बक्समा आफ्नो टिप्पणी (Comment) लेख्‍नुस्
* Comment as : Select profile लेखेको छेऊको arrow मा click गर्नुस्
* तल रहेको Name/URL क्लिक गर्नुस्
* आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
* Post Comment क्लिक गर्नुस् !!