"A man who is very busy seldom changes his opinions."
- Friedrich Nietzsche
प्रशिद्ध जर्मन दार्शनिक फ्रेडरिक नीत्शेले भनेझैं आफ्नो मत आफ्नो बिचार अपडेट गर्न नसक्ने भएको छु म हिजो आज। उपरोक्त भनाइ मेरो दैनिकी सँग झन्डै झन्डै मेल खान पुगेको छ अचेल। परदेशको बसाइ काम नगरे दाम नआउने, दाम नआए माम नआउने। "नुनको सोझो" गर्ने क्रममा कहिलेकाहिं नुन एती चर्को भाईदिन्छ कि इच्छा आकांक्षाहरु सबै पोको पारेर राख्नु पर्दो रहेछ। बोझिलो बर्तमान सँग संघर्ष गर्ने क्रममा निजी समय अत्यन्त कम हुने भएकोले ब्लग सुरु त गरियो तर यसलाई निरन्तरता दिन धौ धौ परेको छ। छिटो छिटो ब्लग अपडेट गर्न सकिएको छैन। "मासिक ब्लग" भन्दै केही साथीहरुले ब्यङ्यात्मक दुखेसो गर्नु भएको छ। धन्यवाद ती शुभचिन्तक मित्रहरुलाई जसले मलाई निरन्तरताको लागि खबरदारी गरी रहनु भएको छ। अती ब्यस्तताका बाबजुद समयको तालमेल मिलाउने प्रयासमा छु म ।
मन र मस्तिष्क एकाकार नभएपछी रचनाहरु जन्मन गार्हो हुँदो रहेछ । आज ब्लग अपडेट गर्ने बहानामा अलिकती फरक रुपमा प्रस्तुत भएको छु। धेरै पहिला मैले ब्लग सुरु गर्नु भन्दा अघी "वेबसाइट महासागर" भित्र गोता मार्दै गर्दा केही मन छुने तस्विरहरु भेटेको थिएँ । आज मेरो कम्प्युटरमा संचित गरिएका तस्विरहरुको फोल्डर खोल्ने क्रममा ती तस्विरहरुमा नजर पर्यो। कला र ईतिहास मेरो रुचीका बिषय भएको र यि दुबैको प्रतिबिम्ब यि तस्विरहरुमा देखिएकोले मलाई राम्रो लागेर यी ऐतिहासिक सामाग्रीहरुलाई ब्लग अपडेट गर्ने बहाना बनाएको छु । यहाँहरुलाई कस्तो लाग्ला कुन्नी?
ठुलो गरी हेर्न तस्विरहरुमा क्लिक गर्नुहोला।
ठुलो गरी हेर्न तस्विरहरुमा क्लिक गर्नुहोला।
| "उर्भर फाँटको बिचमा सलल कंचन बागमती" -१५८ बर्ष अघिको काठमाडौं । |
चित्रकार डा हेनरी एम्ब्रोज ओल्डफिल्डले यो चित्र सन् १८५३ अप्रिलमा बनाएका रहेछन् । पाटन तिर उक्लने एउटा उकालोमा बसेर काठमाडौंको यो दृष्य उतारिएको रहेछ।
