नयाँ बर्षको शुभकामना !

Tuesday, April 12, 2016

साल २०७२ नेपालीको लागि अत्यन्तै पीँडादायक रह्यो !
पीँडक बर्ष २०७२ लाई बिदाइ र नयाँ बर्ष २०७३ लाई स्वागतम् । 

"भिजन" वाला प्रधानमन्त्री !

Saturday, October 3, 2015

                           नयाँ प्रधानमन्त्री चुन्ने चटारोमा एउटा झटारो !!




स्वागतम् ! संबिधान सुस्वागतम् !!

Sunday, September 20, 2015

संबिधान !!
कानूनहरुको कानून, मूल कानून !! एक चलायमान, गतिशील दस्तावेज , तर केही व्यक्ती, केही दल र केही जाती समुदायबाट यसलाई बेद, बाइबल, कुरान जस्तो अपरिवर्तनीय र शिला लेख जस्तो अमिट हुने जस्तो गरी बुझे या बुझ पचाउँदै आफ्नो स्वार्थमा त्यो खालको दुस्प्रचार गरे। जसका कारण संबिधान लेखन त्यती सहज हुन सकेन ।

                  बिभिन्न आरोह अबरोह र बाधा ब्यवधानका बावजुद संबिधान लेखिएर घोषणाको अन्तिम घडीमा अाइपुगेको छ। घोषणा भएको भोली पल्टै देखी चमत्कार भएर जता ततै लागेको डढेलो निभ्छ भन्ने होइन झन उल्टो बढ्दै जाने देखिन्छ भलै त्यो केही दिनमा निष्कृय हुँदै जान पनि सक्ला !! जे होस् देशले एउटा पट्यार लाग्दो कच कचबाट  मुक्ती पाउला भन्ने आशा जगाएको छ यो संबिधान लेखनको समाप्तीले !

 
               

गन,धन,डन तन्त्र

Thursday, May 30, 2013


अब नेपाल चलाउने नयाँ पार्टी र त्यसका नेताहरु !!!!
  "कागलाई बेल पाक्यो हर्ष न बिस्मात", गणतन्त्र दिवस यस्तै भयो नेपाली जनतालाई । गणतन्त्रको दिन घर घरमा  दीपावली  गर्न गृह मन्त्रालयले उर्दी जारी गरेको थियो क्यारे सायद ! देशका दुरदराज गाउँहरुबाट रोग भोक सँग लड्न नसकेर अझै कती आमाहरु आफू सँगै  छोरा छोरीहरुलाई बिषको घुट्को पिलाएर जीवन समाप्त पारीरहेको  खबरहरु आइरहेको बेला गणतन्त्रको जय गान गर्दै कसरी दीपावली गरुँ गणतन्त्रको नाममा !!

रेसुंगा मलाई माफ गर !

Saturday, April 13, 2013


 नयाँ बर्ष २०७० को शुभकामना सम्पूर्ण मेरा मित्र तथा  शुभेक्षुकहरुमा !!!

फोटो साभार: गुल्मी न्युज डट कम 
    झन्डै ६२ हप्ता भएछ मेरो ब्लग अप्डेट् नभएको। समय परिस्थिती र आफ्नो दैनिकी सँग ताल मेल मिलाउन नसक्दा नचाहदा नचाहदैँ पनि मलाई माया गर्ने साथी सर्कल र शुभेच्छुकबाट यतिका दिन गुमनाम बस्नु पर्दाको पींडा म यहाँ बर्णन गर्न असमर्थ छु।
          सोँचेको थिएँ नयाँ बर्ष २०७० को शुभकामना सहित कुनै राम्रो बिषयको पोष्ट लिएर पुनरागमन गरुँला । यता नयाँ बर्षको शुभकामना आदान प्रदान गर्ने बेला हुंदै गर्दा उता मेरो गृह जिल्ला गुल्मीको ताज, पवित्र तिर्थस्थल, धार्मिक, एैतिहासिक र पर्यटकीय स्थल रेसुंगामा तीन दिन देखी आगो लागिरहेको छ र यी पङ्तीहरु तयार पार्दा सम्म पनि आगो नियन्त्रणमा आउन नसकेको खबर छ। आफ्नो साल नाल गाडीएको माटोमा  आगोको साम्राज्य फैलिँदै गरेको सुनेर हिजो राती सुत्ने बेलामा धेरै पटक कोल्टे फेर्नु पर्‍यो निदाउनको लागि। तिनै कोल्टे फेराइको क्रममा निस्केका मेरा भावनाहरुलाई  बिहान उठेर यसरी लिपिबद्द गरेँ  ............

रेसुंगा मलाई माफ गर !

श्रिङ्ग ऋषीको तपो भूमी
मेरी रेसुंगा, 
गुल्मीको धुरीखाँबो मेरी रेसुंगा 
बदनमा ढकमक्क गुराँस फुलाएर
उन्मत्त बैंसालु बाला झैँ
बसन्त बहारमा मग्न मस्त भएको बेला
खै कुन पापीले झोंस्यो कुन्नी
तिम्रो तनमा आगो

कुकुर भन्दा मान्छे को जात सानो हुन्छ र ?

Friday, December 23, 2011


गाउँको बिचमा शिव मन्दिर बनाउने कुराले गाउँलेहरु कम्ता उत्साहित र खुशी देखिएका छैनन् मानौँ उनिहरुका दु:खका दिनहरु आजैका मिती देखी सकैँदै छन्। अब मन्दिरका लागि सबै गाउँबासीहरुलाई दर्शन गर्न पायक पर्ने ठाउँमा जग्गा चयन गर्ने कार्य सुरु भयो। मनवीर, जोग बहादुर, लाहुरे ठाकुरे यी चार जनाका जग्गा मध्य कुनै एक जनाको जग्गा पाए मन्दिरको लागि उपयुक्त हुने कुरो चल्यो।

भेलाका अगुवा कुबेरनन्दनले मनवीरलाई सोधे - " मनवीर दाई तपाईंको जग्गा मन्दिरको लागि उपयुक्त हुने देखियो दान गर्नुहुन्छ मन्दिरका लागि ?"
प्रतीयुत्तरमा मनवीर बुढा टाउको कन्याउदै बोले -" खै के भनम् मेरा चार-चार भाई छोरा छन्। तिनिहरुलाई बासको लागि एक-एक टुक्रा नि नपुग्ने जग्गा कसरी मन्दिरका लागि दान गरम् मैले "

कुबेरनन्दनले फेरी जोगबहादुरलाई सोधे - " दाई भगवानको नाममा दान गरेमा पुन्य हुन्छ। अलिकती जग्गा दिन पर्यो मन्दिरका लागि " जोगबहादुर भुइँ कोट्ट्याआउँदै बोले - " आँफै पैराको मुखाँ बसे'छु यस पालाको हिउदाँ तेइ जग्गाँ घर सारम्ला भनेको, खै के को पुन्य कमाउनु ?"

बिशेष अन्तरबार्ता !!

Tuesday, November 8, 2011

माओबादी अध्यक्ष प्रचन्ड अहिले अमेरिका भ्रमणमा निस्केका छन् अली अनौठो मुद्दा बोकेर।कम्तिमा प्रचन्डको हकमा यो कुरालाई अनौठो नै मान्नु पर्ला। कुनै दिन लडाईं र ध्वंसका लागि  कुन गौँडाबाट हात हतियार भित्र्याउन सकिएला भनेर दिन रात नाप नक्शा कोर्दै बस्ने मान्छे अहिले शान्तिका दूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको बिकासका लागि सहयोग र समर्थन जुटाउने दौडाहामा लागेका छन् । नेपाल र नेपालीका लागि यो खुशी कै कुरा मान्नु पर्छ। बाल्मिकि पनि त बिद्द्वान कहलिनु भन्दा पहिला कुनै दिन खुंखार डाँका  थिए भन्ने सुन्या हो। प्रचन्ड पथबाट बाल्मिकी पथमा लाग्दै गरेका उनै नेताज्यू सँग ९०% बिज्ञापन र १०% प्रतिशत मात्र समाचार छापिने नेपालको जल्दो बल्दो पत्रीका "शुभलाभ" का लागि पत्रकार "नारदमुनी" ले लिएको अन्तर्वाता-  

अमेरिका किन जान लाग्न भा ?
"लुम्बिनीको बिकास र शान्ति प्रकृयामा सहयोग र समर्थन् जुटाउने सवालमा यसो केही हुन्छ कि भनेर जान लाग्या।"
युद्ध प्रेमी मान्छे अचानक कसरी बुद्ध प्रेमी हुनु भो ?
"हेर्नुस् बुद्ध र हामीमा धेरै समनता छ, उनी राजाको छोरो हुँदाहुँदै पनि दरबारको सम्पूर्ण सुख सयल छोडेर आँफै सँग बिद्रोह गरि वन पसेका थिए। पछी सम्पूर्ण भ्रमबाट मुक्त भएपछी फर्के। हामी पनि बिद्रोह गरेर वन पस्यौँ र दश बर्षको वनबासले हामीलाई पनि भ्रम मुक्त बनायो र अहिले शहर पसेका छम् ।"