बिशेष अन्तरबार्ता !!
Tuesday, November 8, 2011
माओबादी अध्यक्ष प्रचन्ड अहिले अमेरिका भ्रमणमा निस्केका छन् अली अनौठो मुद्दा बोकेर।कम्तिमा प्रचन्डको हकमा यो कुरालाई अनौठो नै मान्नु पर्ला। कुनै दिन लडाईं र ध्वंसका लागि कुन गौँडाबाट हात हतियार भित्र्याउन सकिएला भनेर दिन रात नाप नक्शा कोर्दै बस्ने मान्छे अहिले शान्तिका दूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको बिकासका लागि सहयोग र समर्थन जुटाउने दौडाहामा लागेका छन् । नेपाल र नेपालीका लागि यो खुशी कै कुरा मान्नु पर्छ। बाल्मिकि पनि त बिद्द्वान कहलिनु भन्दा पहिला कुनै दिन खुंखार डाँका थिए भन्ने सुन्या हो। प्रचन्ड पथबाट बाल्मिकी पथमा लाग्दै गरेका उनै नेताज्यू सँग ९०% बिज्ञापन र १०% प्रतिशत मात्र समाचार छापिने नेपालको जल्दो बल्दो पत्रीका "शुभलाभ" का लागि पत्रकार "नारदमुनी" ले लिएको अन्तर्वाता-
अमेरिका किन जान लाग्न भा ?
"लुम्बिनीको बिकास र शान्ति प्रकृयामा सहयोग र समर्थन् जुटाउने सवालमा यसो केही हुन्छ कि भनेर जान लाग्या।"
युद्ध प्रेमी मान्छे अचानक कसरी बुद्ध प्रेमी हुनु भो ?
"हेर्नुस् बुद्ध र हामीमा धेरै समनता छ, उनी राजाको छोरो हुँदाहुँदै पनि दरबारको सम्पूर्ण सुख सयल छोडेर आँफै सँग बिद्रोह गरि वन पसेका थिए। पछी सम्पूर्ण भ्रमबाट मुक्त भएपछी फर्के। हामी पनि बिद्रोह गरेर वन पस्यौँ र दश बर्षको वनबासले हामीलाई पनि भ्रम मुक्त बनायो र अहिले शहर पसेका छम् ।"
बिधा : हास्य व्यङ्ग्य
सातपत्रे फिल्टरको करामत !
Sunday, June 5, 2011
ओहो ! के अचम्म भो आज, सधैं ईराक, अफगानिस्तान, लिबिया र सिरियाका भिडन्तका दृष्यहरु मात्र देखाउने बिबिसी, सिएनएन, अल्जजिरा जस्ता टाउके न्युज च्यानलहरु मात्र होइन भारतीय रंगिला न्युज च्यानलहरुले पनि घोक्रो फुलाई फुलाई नेपाल बारे समाचार दिइरहेका रहेछन्। जुन न्युज च्यानल हेरे पनि नेपालमय । ल्याप्टप उप्काएर यसो इन्टरनेटमा समाचारहरु हेरेँ त्यहाँ भित्र पनि अटाइ नअटाइ नेपालकै त्यस्तै समाचारहरु लिपिएका छन्। हाम्रा एक जना जुँगे नेताले "चमत्कार" गर्छौं भन्थे साँचै चमत्कार गरेछन् कि क्याहो ! म दंग परेँ । जीवनमा पहिलो पल्ट होला सायद नेपाली हुनुमा यती धेरै गर्व लागिरहेको थियो आज मलाई।समाचार हेर्दै जाँदा पो थाहा भो चमत्कार कुनै नेताले होइन नेपालका युवा बैज्ञानिकहरुले गरेका रहेछन्। त्यसो त साना तिना राष्ट्रिय स्तरका चमत्कारहरु ती युवा बैज्ञानिकहरुले पहिला पनि गर्दै आइरहेकै हुन् । कवाडीखानाबाट बिभिन्न थोत्रा मिशिनका पुर्जाहरु , नटबोल्टहरु ल्याएर त्यसमा भएभरको गिदी खियाएर तान् तुन्, ठोक् ठाक् र कस् कास् पारेर कहिले हावाइजहाज बनाएर उडाए त कहिले रोबोट बनाएर हिँडाए कै हुन् । तर यस पाली भने अन्तरराष्ट्रिय स्तरको चमत्कार गरेछन् उनिहरुले, मान्छेलाई साँचो बोलाउने मिशिन आविस्कार गरेर। बैज्ञानिकहरु दाबी गर्दै थिए- " अब यो मिशिनको संपर्कमा आउने जो सुकैले पनि झुटो बोल्न सक्ने छैन।
बिधा : हास्य व्यङ्ग्य
हासौँ है त ...
Saturday, January 22, 2011
"डक्टरसाब यो माला कस्को लागि?"
" भाई यो मेरो पहिलो अप्रेशन हो, सफल भयो भने मेरो लागि, असफल भए तिम्रो लागि।"
- डाक्टर मुस्कुराउदै बोल्यो।
- डाक्टर मुस्कुराउदै बोल्यो।
२ . "हेल्लो को बोलेको?"- बुढाले फोन उठाउँदै सोधे।
"म तपाईंको छोराको पल्टनबाट बोलेको, तपाईंको छोराको मृत्यु भयो।" -उताबाट आवाज आयो।
"कहिले?....... कसरी?" - बुढा मान्छेले हड्बडाउँदै सोधे।
"निधारमा गोली लागेर मृत्यु भयो "- उताबाट आवाज आयो।
"धन्न भगवान तै आँखा त जोगिएछ छोराको" - बुढाले खुशी ब्यक्त गर्दै फोन राखे।
बिधा : हास्य व्यङ्ग्य
Subscribe to:
Posts (Atom)


