नयाँ बर्षको शुभकामना !

Tuesday, April 12, 2016

साल २०७२ नेपालीको लागि अत्यन्तै पीँडादायक रह्यो !
पीँडक बर्ष २०७२ लाई बिदाइ र नयाँ बर्ष २०७३ लाई स्वागतम् । 

रेसुंगा मलाई माफ गर !

Saturday, April 13, 2013


 नयाँ बर्ष २०७० को शुभकामना सम्पूर्ण मेरा मित्र तथा  शुभेक्षुकहरुमा !!!

फोटो साभार: गुल्मी न्युज डट कम 
    झन्डै ६२ हप्ता भएछ मेरो ब्लग अप्डेट् नभएको। समय परिस्थिती र आफ्नो दैनिकी सँग ताल मेल मिलाउन नसक्दा नचाहदा नचाहदैँ पनि मलाई माया गर्ने साथी सर्कल र शुभेच्छुकबाट यतिका दिन गुमनाम बस्नु पर्दाको पींडा म यहाँ बर्णन गर्न असमर्थ छु।
          सोँचेको थिएँ नयाँ बर्ष २०७० को शुभकामना सहित कुनै राम्रो बिषयको पोष्ट लिएर पुनरागमन गरुँला । यता नयाँ बर्षको शुभकामना आदान प्रदान गर्ने बेला हुंदै गर्दा उता मेरो गृह जिल्ला गुल्मीको ताज, पवित्र तिर्थस्थल, धार्मिक, एैतिहासिक र पर्यटकीय स्थल रेसुंगामा तीन दिन देखी आगो लागिरहेको छ र यी पङ्तीहरु तयार पार्दा सम्म पनि आगो नियन्त्रणमा आउन नसकेको खबर छ। आफ्नो साल नाल गाडीएको माटोमा  आगोको साम्राज्य फैलिँदै गरेको सुनेर हिजो राती सुत्ने बेलामा धेरै पटक कोल्टे फेर्नु पर्‍यो निदाउनको लागि। तिनै कोल्टे फेराइको क्रममा निस्केका मेरा भावनाहरुलाई  बिहान उठेर यसरी लिपिबद्द गरेँ  ............

रेसुंगा मलाई माफ गर !

श्रिङ्ग ऋषीको तपो भूमी
मेरी रेसुंगा, 
गुल्मीको धुरीखाँबो मेरी रेसुंगा 
बदनमा ढकमक्क गुराँस फुलाएर
उन्मत्त बैंसालु बाला झैँ
बसन्त बहारमा मग्न मस्त भएको बेला
खै कुन पापीले झोंस्यो कुन्नी
तिम्रो तनमा आगो

कुकुर भन्दा मान्छे को जात सानो हुन्छ र ?

Friday, December 23, 2011


गाउँको बिचमा शिव मन्दिर बनाउने कुराले गाउँलेहरु कम्ता उत्साहित र खुशी देखिएका छैनन् मानौँ उनिहरुका दु:खका दिनहरु आजैका मिती देखी सकैँदै छन्। अब मन्दिरका लागि सबै गाउँबासीहरुलाई दर्शन गर्न पायक पर्ने ठाउँमा जग्गा चयन गर्ने कार्य सुरु भयो। मनवीर, जोग बहादुर, लाहुरे ठाकुरे यी चार जनाका जग्गा मध्य कुनै एक जनाको जग्गा पाए मन्दिरको लागि उपयुक्त हुने कुरो चल्यो।

भेलाका अगुवा कुबेरनन्दनले मनवीरलाई सोधे - " मनवीर दाई तपाईंको जग्गा मन्दिरको लागि उपयुक्त हुने देखियो दान गर्नुहुन्छ मन्दिरका लागि ?"
प्रतीयुत्तरमा मनवीर बुढा टाउको कन्याउदै बोले -" खै के भनम् मेरा चार-चार भाई छोरा छन्। तिनिहरुलाई बासको लागि एक-एक टुक्रा नि नपुग्ने जग्गा कसरी मन्दिरका लागि दान गरम् मैले "

कुबेरनन्दनले फेरी जोगबहादुरलाई सोधे - " दाई भगवानको नाममा दान गरेमा पुन्य हुन्छ। अलिकती जग्गा दिन पर्यो मन्दिरका लागि " जोगबहादुर भुइँ कोट्ट्याआउँदै बोले - " आँफै पैराको मुखाँ बसे'छु यस पालाको हिउदाँ तेइ जग्गाँ घर सारम्ला भनेको, खै के को पुन्य कमाउनु ?"

मखमली फुल्दा मार्सी धान झुल्दा....!!

Wednesday, October 26, 2011

     
हिजो कुकुर तिहार रहेछ कुकुर तिहारको शुभकामना ठोक्दिएँ हाम्रा नेता तथा सभासदहरुलाई !!

आज संसारकी सबै भन्दा "सुपर हिट" देवी लक्ष्मीको पूजा गर्ने दिन लक्ष्मीपूजा !!
उनको कृपाको चक्करमा तालु बगर हुन लाग्दा पनि खै अहिले सम्म लक्ष्मी माताको "तथास्तु" पाउन सक्या होइन, तै पनि कोटी कोटी प्रणाम माता!!
मनको दियोमा आँसुको तेल थप्दै आशाको बाती बालेर तिम्रो स्वागतमा बसेका गाउँका अँध्यारा बस्तीहरुमा कहिल्यै नचिहाउने सधैं ठुला बडा र शहरका "सुकिला मुकिला"हरुका वरि परि बिराज हुन मन पराउने तिम्रो लीला बिचित्रै भो माता !!! सधैं शहरको झिलिमिलीमा मात्र नभुल्नू, यसो गाउँका झुपडीहरु तिर पनि पाइला टेक्दै गर्नू !!

दसैंलाई एउटा प्रश्न !

Friday, September 30, 2011


"धनीको लागि मोज पर्ब बनेर,
गरिबको लागि बोझ पर्ब बनेर,
घुम्दै फिर्दै आइपुग्यो दसैं
पशु पंक्षिका लागि कोतपर्ब बनेर" 

 केही दिन अघी मैले फेसबूक लगायतका सामाजिक सन्जालहरुमा टाँसेका हरफहरु हुन् यी। शब्दहरुमा अभिव्यक्त भए झैँ दसैं प्रती मेरो पुरै बितृष्णा त होइन तर बाल्यकाल देखी नै एउटा प्रश्न दसैं वरीपरी मेरो मनमा खेली रहन्छ - के बलीको नाममा निरिह पशु पंक्षिको रगतको खोलो बगाएर साँच्ची नै धर्म हुन्छ त ?

गह भरिएको त्यो क्षण

Sunday, May 22, 2011



"भन्छन् मर्दको छोराले रुनु हुन्न रे

तर किन किन ........ गह भरिएर आउँछ"


गायक योगेश्वर आमात्यले गाएको गीताअंश आधा अधुरै भए पनि उद्दरण गरेँ यहाँ निर । गीतका शब्दहरुले रुनु हुँदैन भने पनि खुशीमा हास्ने मन दु:खमा नरोइ बस्न कहाँ मान्छ र ? मलाई लाग्छ मनको बाँध भत्केपछि कुनै "मर्द" ले पनि छेक्न सक्दैन आँखाबाट छल्किनको लागि । फरक यत्ती हो कोही उज्ज्यालोमा रुन्छन्, कोही अँध्यारोमा रुन्छन्, कोही देखिने गरी रुन्छन् त कोही कोही लुकेर रुन्छन् । अती खुशी, अती दुखी, भावोत्तेजना वा क्रोधमा धेरैको गह भरिएको देखेको छु मैले तर आज आफ्नै गह भरिएको "नामर्दी" कथा लेख्दै छु।

लादेन, अमेरिका र भष्मासुर

Monday, May 9, 2011

यस पाली चैँ लादेन बाजे सुइँकेकै रहेछन् यो बीश्वास गर्न मलाई झन्डै एक हप्ता लाग्यो। किन भने बुढा पहिला पनि धेरै चोटि मरिसकेका हुन्। कहिले अफगानिस्तानको तोराबोरामा मरे कहिले किड्नी फेल भएर मरे। सन् २००१ देखी किस्ताबन्दीमा मर्न सुरु गरेका बुढा २०११ मा बल्ल मृत्युको पुरा किस्ता चुक्ता गरे।
 
फेसबूक ट्विटरमा मजदुर साथीहरुलाई अन्तरराष्ट्रिय मजदुर दिवसको शुभकामना बाँड्दै गर्दा "लादेनको मृत्यु" भन्ने खबर चैते डढेलो झै फैलीसकेको रहेछ। मैले खासै चासो दिइन। भन्नाले बिश्वास लागेन। पछी इन्टरनेटमा यसो समाचारहरु खोजेको रगतपच्छे भएको लादेनको लाशको तस्विर पो देखेँ मृत्यु भएका लादेनको तस्विर मुसुक्क हासेको केही बोलिहाल्छ कि जस्तो देखियो लौ बुढाले हासी हासी पो गोली थापेछन् जस्तो लाग्यो तस्विरलाई नियालेर हेर्दा पो लाग्यो " दालमे कुछ काला हैं " मेरो मनले त्यती बेलै घोषणा गर्यो "लादेनलाई अमेरिकाले होइन ग्राफिक्सले मारेको रहेछ।" नभन्दै त्यो तस्विर फोटोशपबाट चलाखी गरेर मिलाइएको ठहरियो गोली लागेर आधा अनुहार रक्तमुछेल हुनु आधा अनुहारमा रगतको एक छिटा सम्म नपर्नुले "अक्कल बिनाको नक्कल" भनेझै ग्राफिक्स्को धोती त्यही निर खुस्केको थियो।  ग्राफिक्सले मार्न नजाने पनि अमेरिकाले मारेकै रहेछ खैर यो कुरा यही बिसाउँ

"शुभकामना नयाँ बर्ष-२०६८ को "

Monday, April 11, 2011

                     

                   नयाँ बर्ष २०६८ को उपलक्ष्यमा
                          मेरा सम्पूर्ण साथीहरुमा हार्दिक मंगलमय शुभकामना !

 


नयाँ बर्ष मनाउने केही अनौठा चलनहरु

स्पेन:
स्पेनमा नयाँ बर्ष सुरु हुने रातको ठीक बार् बजे बार् वटा अङ्गुरको दाना घडीको प्रत्येक सेकेन्ड सँगै एक एक गरेर खाइन्छ ती बार् अङ्गुरका दानालाई भाग्यका प्रतिक मान्दै त्यो खाएमा बर्षको बार्है महिना सुख समृद्धी भाग्य भित्रिने विश्वास गरिन्छ।

स्कटल्यान्ड:
स्कटिसहरु नयाँ बर्षको बेला आफ्नो घरमा झुल्कने पहिलो आगन्तुकलाई त्यो बर्षको भाग्य जाँच्ने कसी ठान्छन् यस प्रथालाई स्कटल्यान्डमा "फस्ट फूटिङ" (first footing) भनिन्छ उनिहरुको घरमा आउने पहिलो आगन्तुक पुरुषनै भएमा त्यो पनि जिउडाल चटक्क मिलेको अग्लो, गाढा रङको सुन्दर  भएमा त्यो ब्यक्ती लछिन लिएर आएको मानिन्छ त्यो ब्यक्ती व्हिस्की उपहार लिएर आएको भने झन् त्यो बर्ष खुशी उमंगमा बित्ने विश्वास गर्छन् उनिहरु। आगन्तुक ब्यक्ती मुल ढोकाबाट प्रबेश गरेर पछाडिको ढोकाबाट बाहिरिएमा बर्षभरी फलिफाप हुने मानिन्छ।