![]() |
| अब नेपाल चलाउने नयाँ पार्टी र त्यसका नेताहरु !!!! |
गन,धन,डन तन्त्र
Thursday, May 30, 2013
रेसुंगा मलाई माफ गर !
Saturday, April 13, 2013
नयाँ बर्ष २०७० को शुभकामना सम्पूर्ण मेरा मित्र तथा शुभेक्षुकहरुमा !!!
| फोटो साभार: गुल्मी न्युज डट कम |
झन्डै ६२ हप्ता भएछ मेरो ब्लग अप्डेट् नभएको। समय परिस्थिती र आफ्नो दैनिकी
सँग ताल मेल मिलाउन नसक्दा नचाहदा नचाहदैँ पनि मलाई माया गर्ने साथी सर्कल
र शुभेच्छुकबाट यतिका दिन गुमनाम बस्नु पर्दाको पींडा म यहाँ बर्णन गर्न
असमर्थ छु।
सोँचेको थिएँ नयाँ बर्ष २०७० को शुभकामना सहित कुनै राम्रो
बिषयको पोष्ट लिएर पुनरागमन गरुँला । यता नयाँ बर्षको शुभकामना आदान प्रदान
गर्ने बेला हुंदै गर्दा उता मेरो गृह जिल्ला गुल्मीको ताज, पवित्र
तिर्थस्थल, धार्मिक, एैतिहासिक र पर्यटकीय स्थल रेसुंगामा तीन दिन देखी आगो
लागिरहेको छ र यी पङ्तीहरु तयार पार्दा सम्म पनि आगो नियन्त्रणमा आउन
नसकेको खबर छ। आफ्नो साल नाल गाडीएको माटोमा आगोको साम्राज्य फैलिँदै
गरेको सुनेर हिजो राती सुत्ने बेलामा धेरै पटक कोल्टे फेर्नु पर्यो
निदाउनको लागि। तिनै कोल्टे फेराइको क्रममा निस्केका मेरा भावनाहरुलाई बिहान उठेर यसरी लिपिबद्द गरेँ ............
रेसुंगा मलाई माफ गर !
श्रिङ्ग ऋषीको तपो भूमी
मेरी रेसुंगा,
गुल्मीको धुरीखाँबो मेरी रेसुंगा
बदनमा ढकमक्क गुराँस फुलाएर
उन्मत्त बैंसालु बाला झैँ
बसन्त बहारमा मग्न मस्त भएको बेला
खै कुन पापीले झोंस्यो कुन्नी
तिम्रो तनमा आगो
बिधा : कविता, समय/सन्दर्भ
कुकुर भन्दा मान्छे को जात सानो हुन्छ र ?
Friday, December 23, 2011
गाउँको बिचमा शिव मन्दिर बनाउने कुराले गाउँलेहरु कम्ता उत्साहित र खुशी देखिएका छैनन् मानौँ उनिहरुका दु:खका दिनहरु आजैका मिती देखी सकैँदै छन्। अब मन्दिरका लागि सबै गाउँबासीहरुलाई दर्शन गर्न पायक पर्ने ठाउँमा जग्गा चयन गर्ने कार्य सुरु भयो। मनवीर, जोग बहादुर, लाहुरे र ठाकुरे यी चार जनाका जग्गा मध्य कुनै एक जनाको जग्गा पाए मन्दिरको लागि उपयुक्त हुने कुरो चल्यो।
भेलाका अगुवा कुबेरनन्दनले मनवीरलाई सोधे - " मनवीर दाई तपाईंको जग्गा मन्दिरको लागि उपयुक्त हुने देखियो दान गर्नुहुन्छ त मन्दिरका लागि ?"
प्रतीयुत्तरमा मनवीर बुढा टाउको कन्याउदै बोले -" खै के भनम् र मेरा त चार-चार भाई छोरा छन्। तिनिहरुलाई बासको लागि एक-एक टुक्रा नि नपुग्ने जग्गा कसरी मन्दिरका लागि दान गरम् मैले ।"
कुबेरनन्दनले फेरी जोगबहादुरलाई सोधे - " दाई भगवानको नाममा दान गरेमा पुन्य हुन्छ। अलिकती जग्गा दिन पर्यो मन्दिरका लागि " जोगबहादुर भुइँ कोट्ट्याआउँदै बोले - " म आँफै त पैराको मुखाँ बसे'छु । यस पालाको हिउदाँ तेइ जग्गाँ घर सारम्ला भनेको, खै के को पुन्य कमाउनु र ?"
बिधा : कथा, समय/सन्दर्भ
बिशेष अन्तरबार्ता !!
Tuesday, November 8, 2011
माओबादी अध्यक्ष प्रचन्ड अहिले अमेरिका भ्रमणमा निस्केका छन् अली अनौठो मुद्दा बोकेर।कम्तिमा प्रचन्डको हकमा यो कुरालाई अनौठो नै मान्नु पर्ला। कुनै दिन लडाईं र ध्वंसका लागि कुन गौँडाबाट हात हतियार भित्र्याउन सकिएला भनेर दिन रात नाप नक्शा कोर्दै बस्ने मान्छे अहिले शान्तिका दूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको बिकासका लागि सहयोग र समर्थन जुटाउने दौडाहामा लागेका छन् । नेपाल र नेपालीका लागि यो खुशी कै कुरा मान्नु पर्छ। बाल्मिकि पनि त बिद्द्वान कहलिनु भन्दा पहिला कुनै दिन खुंखार डाँका थिए भन्ने सुन्या हो। प्रचन्ड पथबाट बाल्मिकी पथमा लाग्दै गरेका उनै नेताज्यू सँग ९०% बिज्ञापन र १०% प्रतिशत मात्र समाचार छापिने नेपालको जल्दो बल्दो पत्रीका "शुभलाभ" का लागि पत्रकार "नारदमुनी" ले लिएको अन्तर्वाता-
अमेरिका किन जान लाग्न भा ?
"लुम्बिनीको बिकास र शान्ति प्रकृयामा सहयोग र समर्थन् जुटाउने सवालमा यसो केही हुन्छ कि भनेर जान लाग्या।"
युद्ध प्रेमी मान्छे अचानक कसरी बुद्ध प्रेमी हुनु भो ?
"हेर्नुस् बुद्ध र हामीमा धेरै समनता छ, उनी राजाको छोरो हुँदाहुँदै पनि दरबारको सम्पूर्ण सुख सयल छोडेर आँफै सँग बिद्रोह गरि वन पसेका थिए। पछी सम्पूर्ण भ्रमबाट मुक्त भएपछी फर्के। हामी पनि बिद्रोह गरेर वन पस्यौँ र दश बर्षको वनबासले हामीलाई पनि भ्रम मुक्त बनायो र अहिले शहर पसेका छम् ।"
बिधा : हास्य व्यङ्ग्य
मखमली फुल्दा मार्सी धान झुल्दा....!!
Wednesday, October 26, 2011
हिजो कुकुर तिहार रहेछ कुकुर तिहारको शुभकामना ठोक्दिएँ हाम्रा नेता तथा सभासदहरुलाई !!
आज संसारकी सबै भन्दा "सुपर हिट" देवी लक्ष्मीको पूजा गर्ने दिन लक्ष्मीपूजा !!
उनको कृपाको चक्करमा तालु बगर हुन लाग्दा पनि खै अहिले सम्म लक्ष्मी माताको "तथास्तु" पाउन सक्या होइन, तै पनि कोटी कोटी प्रणाम माता!!
उनको कृपाको चक्करमा तालु बगर हुन लाग्दा पनि खै अहिले सम्म लक्ष्मी माताको "तथास्तु" पाउन सक्या होइन, तै पनि कोटी कोटी प्रणाम माता!!
मनको दियोमा आँसुको तेल थप्दै आशाको बाती बालेर तिम्रो स्वागतमा बसेका गाउँका अँध्यारा बस्तीहरुमा कहिल्यै नचिहाउने सधैं ठुला बडा र शहरका "सुकिला मुकिला"हरुका वरि परि बिराज हुन मन पराउने तिम्रो लीला बिचित्रै भो माता !!! सधैं शहरको झिलिमिलीमा मात्र नभुल्नू, यसो गाउँका झुपडीहरु तिर पनि पाइला टेक्दै गर्नू !!
बिधा : समय/सन्दर्भ
दसैंलाई एउटा प्रश्न !
Friday, September 30, 2011
गरिबको लागि बोझ पर्ब बनेर,
घुम्दै फिर्दै आइपुग्यो दसैं
पशु पंक्षिका लागि कोतपर्ब बनेर।"
केही दिन अघी मैले फेसबूक लगायतका सामाजिक सन्जालहरुमा टाँसेका हरफहरु हुन् यी। शब्दहरुमा अभिव्यक्त भए झैँ दसैं प्रती मेरो पुरै बितृष्णा त होइन तर बाल्यकाल देखी नै एउटा प्रश्न दसैं वरीपरी मेरो मनमा खेली रहन्छ - के बलीको नाममा निरिह पशु पंक्षिको रगतको खोलो बगाएर साँच्ची नै धर्म हुन्छ त ?
बिधा : समय/सन्दर्भ
“मुस्ताङ् क्रान्ति जिन्दाबाद !”
Saturday, September 3, 2011
प्रधानमन्त्री पदमा आशिन भए लगत्तै सवा करोड भन्दा बढी महँगो पर्ने सुबिधा सम्पन्न बिलाशी गाडी लत्त्याएर भट्टराईले नेपालमा “एसेम्बल्ड” भएको मुस्ताङ् गाडी रोजे आफ्नो सवारी साधानको रुपमा । आफ्नो भोग बिलाशी दैनिकी मा धक्का पुग्ने महसुस गरेका केही बिलाशीहरुले भट्टराईको यो कार्यलाई सस्तो लोकप्रियाताको लागि गरिएको नौटंकी भने पनि आम जनताले यस कार्यलाई निकै सकारात्मक रुपमा लिएका छन् । “जुन जोगी आए पनि कानै चिरेको” भन्दै प्रधानमन्त्रीको कुर्चीमा को आउँछ को जान्छ वास्ता गर्नै छाडेका नेपाली जनतामा यो जोगी त अली फरक पो हो कि भन्ने अनुभुती गराएको छ। यसले निराश मनहरुमा केही आशाका किरणहरु जगाएको छ।
बिधा : विचार/विबेचना
Subscribe to:
Posts (Atom)

