गाउँको बिचमा शिव मन्दिर बनाउने कुराले गाउँलेहरु कम्ता उत्साहित र खुशी देखिएका छैनन् मानौँ उनिहरुका दु:खका दिनहरु आजैका मिती देखी सकैँदै छन्। अब मन्दिरका लागि सबै गाउँबासीहरुलाई दर्शन गर्न पायक पर्ने ठाउँमा जग्गा चयन गर्ने कार्य सुरु भयो। मनवीर, जोग बहादुर, लाहुरे र ठाकुरे यी चार जनाका जग्गा मध्य कुनै एक जनाको जग्गा पाए मन्दिरको लागि उपयुक्त हुने कुरो चल्यो।
भेलाका अगुवा कुबेरनन्दनले मनवीरलाई सोधे - " मनवीर दाई तपाईंको जग्गा मन्दिरको लागि उपयुक्त हुने देखियो दान गर्नुहुन्छ त मन्दिरका लागि ?"
प्रतीयुत्तरमा मनवीर बुढा टाउको कन्याउदै बोले -" खै के भनम् र मेरा त चार-चार भाई छोरा छन्। तिनिहरुलाई बासको लागि एक-एक टुक्रा नि नपुग्ने जग्गा कसरी मन्दिरका लागि दान गरम् मैले ।"
कुबेरनन्दनले फेरी जोगबहादुरलाई सोधे - " दाई भगवानको नाममा दान गरेमा पुन्य हुन्छ। अलिकती जग्गा दिन पर्यो मन्दिरका लागि " जोगबहादुर भुइँ कोट्ट्याआउँदै बोले - " म आँफै त पैराको मुखाँ बसे'छु । यस पालाको हिउदाँ तेइ जग्गाँ घर सारम्ला भनेको, खै के को पुन्य कमाउनु र ?"