
समाचार हेर्दै जाँदा पो थाहा भो चमत्कार कुनै नेताले होइन नेपालका युवा बैज्ञानिकहरुले गरेका रहेछन्। त्यसो त साना तिना राष्ट्रिय स्तरका चमत्कारहरु ती युवा बैज्ञानिकहरुले पहिला पनि गर्दै आइरहेकै हुन् । कवाडीखानाबाट बिभिन्न थोत्रा मिशिनका पुर्जाहरु , नटबोल्टहरु ल्याएर त्यसमा भएभरको गिदी खियाएर तान् तुन्, ठोक् ठाक् र कस् कास् पारेर कहिले हावाइजहाज बनाएर उडाए त कहिले रोबोट बनाएर हिँडाए कै हुन् । तर यस पाली भने अन्तरराष्ट्रिय स्तरको चमत्कार गरेछन् उनिहरुले, मान्छेलाई साँचो बोलाउने मिशिन आविस्कार गरेर। बैज्ञानिकहरु दाबी गर्दै थिए- " अब यो मिशिनको संपर्कमा आउने जो सुकैले पनि झुटो बोल्न सक्ने छैन।
हिजो मात्र नेपालका नेताहरु माथि यसको सफल परिक्षण भएछ र परीणाम पनि शत प्रतिशत सफल आएछ। सात पत्र केलाएर साँचो र झुटो कुरा छुट्ट्याउने भएकोले यस मिशिनको नाम "सातपत्रे फिल्टर" राखिएको रैछ। सातपत्रे फिल्टरको परिक्षण कार्यक्रममा नेताहरुलाई भने बिशेष उद्घाटन् कार्यक्रम भनेर झुक्क्याएर बोलाइएको रहेछ। उद्घाटन् कार्यक्रम भनेपछी नेताहरु सातै काम बिताएर आइपुगेका रहेछन् ।
बिबिसीको रिपोर्टिङ आँखा झिमिक्क नगरेर हेर्दै छु - नेताहरुलाई बिशेष खालको "साउन्ड प्रूफ" कक्षमा राखिएको थियो। कती बेला रिबन काटेर भाषण ठोक्न पाइएला भनेर कोही नेताहरु थुतुनो तिखारेर बसिरहेका देखिन्थे। कुर्चीमै निदाइ रहेका केही नेताहरुलाई जूम गरेर टिभीमा देखाइदै थियो। यता बाहिर ठुलो हलमा सहभागिका रुपमा टेकु तिर ठेलागाडा ठेल्नेहरु, ठमेल तिर भारी बोक्नेहरु, महानगर प्रहरीको आँखा छल्दै फूटपाथ तिर ब्यापार गर्नेहरु, अरब जाने पर्खाइमा महिनौ देखी गेष्ट हाउसमा बसेर बेखर्ची भएकाहरु, जागिर खोज्दा खोज्दै हत्तु भएर फाटेका जुत्ता सिरानी लगाएर टुँडीखेलमा सुत्नेहरु आदी यस्तै यस्तै अनुहारअहरु थिए।
हलको अगाडि पट्टी भित्तामा एउटा बिशाल स्क्रिन राखिएको थियो । नेताहरुको मनमा लुकेको असली कुरो सातपत्रे फिल्टरले त्यो स्क्रीनमा देखाइदिने रहेछ। नेताहरुले मुखले बोलेको कुरा सुन्नको लागि भने साउन्ड सिस्टमको ब्यबस्था गरिएको थियो।
बैज्ञानिकहरु सातपत्रे फिल्टर मिशिन राखिएको एउटा सानो तर बिशेष कक्षमा थिए जहाँ नेताहरुलाई पालै पालो बोलाएर त्यो मिशिनको परिक्षण गर्ने कार्यक्रम थियो। ब्यबस्था यस्तो मिलाइएको थियो कि स्क्रीनमा झुटो कुरा डिस्प्ले भएको कुनै पनि नेताहरुले देख्न सक्दैनथे।
पहिलो पालो प्रचन्डको आयो। उनी मुसुक्क हास्दै भित्र प्रबेश गरे। एउटा कुर्चीमा बसालेर उनको टाउकोमा हेडफोन जस्तो बस्तु लगाइ दिए बैज्ञानिकहरुले। दुबै कंचट छोपिने गरि टाउकोमा लगाउनु पर्ने त्यो जिनिस "ब्रेन स्क्यानर" रहेछ जसले बक्ताको मन र मस्तिष्कको कुरा खिचेर मुख्य मिशिन भित्र फिल्टर गर्न पठाउदो रहेछ। प्रचन्डको सामुन्ने एउटा ठुलो बाकस जस्तो मिशिन थियो। त्यही नै थियो मुख्य मिशिन। मिशिनमा अनगिन्ती तारहरु जोडीएका थिए । त्यस मध्य एउटा तार ब्रेन स्क्यानरमा गएर जोडीएको थियो।
प्रचन्डलाई मिशिनको एउटा रातो बटन थिच्न भनियो। उनले रातो बटन थिच्दै गर्दा बैज्ञानिकहरुले ताली बजाए। प्रचन्ड यही नै रहेछ उद्घाटन् भनेर मख्ख परे र आफुले पनि ताली बजाए। त्यस पछी बैज्ञानिकहरुले तुरुन्तै एउटा प्रश्न सोधिहाले - " प्रचन्ड ज्यू यो थपिएको तीन महिना अबधी भित्रमा संबिधान बन्ला त ....... ?"
प्रश्न सकिन नपाउँदै प्रचन्ड दुबै कुम् उचाल्दै बोल्न सुरु गरि हाले - "हाम्रो गौरवशाली पार्टीले
निश्चित रुपमा के भन्दै आइर'को स्थिती हो भने वास्तवमा संबिधान किन बनेन भन्ने कुराको गहिरो संश्लेषण हुनु जरुरी छ। देशी प्रतिकृयाबादीहरु र बिदेशी प्रभुहरुको कारणले गर्दा ......................... यता प्रचन्ड टाउको हल्लाउँदै नन्स्टप बोल्दै थिए भने उता सातपत्रे फिल्टर मिशिनले आफ्नो करामत देखाउन सुरु गरिसकेको थियो। हलमा बसेका जनताहरुले भित्ताको ठुलो स्क्रीनमा स्लाइड भैरहेको प्रचन्डको मनको असली कुरा सास थामेर पढ्दै थिए। माथिको प्रश्नमा उनको मनमा लुकेको भित्री कुरो चैं यस्तो रहेछ -"प्रचन्ड फेरी प्रधानमन्त्रीको कुर्चीमा बस्न नपाए सम्म संबिधान लेखन् र शान्ती प्रकृया सफल हुन दिन्नन् भन्ने कुरा केही मिडिया र सुकिला मुकिलाहरुलाई बल्ल लाग्याछ। यो कुरा घनिभूत रुपमा उठेर म फेरी प्रधानमन्त्री नबन्दा सम्म त संबिधान त लेख्या लेख्यै हो...... ।"
निश्चित रुपमा के भन्दै आइर'को स्थिती हो भने वास्तवमा संबिधान किन बनेन भन्ने कुराको गहिरो संश्लेषण हुनु जरुरी छ। देशी प्रतिकृयाबादीहरु र बिदेशी प्रभुहरुको कारणले गर्दा ......................... यता प्रचन्ड टाउको हल्लाउँदै नन्स्टप बोल्दै थिए भने उता सातपत्रे फिल्टर मिशिनले आफ्नो करामत देखाउन सुरु गरिसकेको थियो। हलमा बसेका जनताहरुले भित्ताको ठुलो स्क्रीनमा स्लाइड भैरहेको प्रचन्डको मनको असली कुरा सास थामेर पढ्दै थिए। माथिको प्रश्नमा उनको मनमा लुकेको भित्री कुरो चैं यस्तो रहेछ -"प्रचन्ड फेरी प्रधानमन्त्रीको कुर्चीमा बस्न नपाए सम्म संबिधान लेखन् र शान्ती प्रकृया सफल हुन दिन्नन् भन्ने कुरा केही मिडिया र सुकिला मुकिलाहरुलाई बल्ल लाग्याछ। यो कुरा घनिभूत रुपमा उठेर म फेरी प्रधानमन्त्री नबन्दा सम्म त संबिधान त लेख्या लेख्यै हो...... ।"
दोश्रो नम्बरमा सुशिल कोइराला भित्र प्रबेश गरे। उनलाई पनि त्यही प्रश्न सोधियो । उनको जवाफ थियो - " यो तीन महिना भित्रमा संबिधान जसरी पनि लेख्नै पर्छ र हामी लेखेरै छाड्छौं । यसको लागि माओवादी जिम्मेवार हुनु जरुरी छ। नेपाली काङ्रेस यसको लागि जस्तो सुकै त्याग गर्न तयार छ ।
सुशिलको मुखले यता यस्तो खोक्दै गर्दा उता हलको स्क्रीनमा उनको मनको कपट जनताले पढ्दै थिए । उनको मनमा रहेछ - "बामपन्थीहरुको बहुमत रहेको संबिधानसभा भंग गरेर नयाँ चुनावमा जान पाए लोकतान्त्रिक पक्षको बहुमत ल्याएर आफुले चाहे अनुसारको संबिधान लेख्न पाइन्थ्यो। संबिधान नलेखिएको जिम्मेवारी माओवादीको टाउकोमा हालेर नयाँ चुनावमा जान पाए बहुमत पक्का !
अब पालो थियो झलनाथ खनालको र उनलाई पनि त्यही प्रश्न । उनको जवाफ थियो - " यो तीन महिनाको अबधीमा हामीले संबिधान लेखन र शान्ती प्रकृयामा "अर्जुन दृष्टि" लगाउनु पर्छ। त्यसको लागि म बाधक भएको हो भने मलाई प्रधानमन्त्री पदको लोभ छैन, राजिनामा दिन तयार छु।"
मुखले जे बोले पनि सातपत्रे फिल्टरको स्क्रीनमा भने उनको मनको कुरा यस्तो देखियो - " मेरै कार्यकालमा संबिधान लेखन् र शान्ती प्रकृया सम्पन्न गरेर मलाई झल्लु र नामर्द भन्नेहरुलाई देखाउँला भन्ने सोँचेको थिएँ । साला यी हरुवा माकुने र केपीले मलाई प्रधानमन्त्रीको कुर्चीमा देखी सहेनन् । अरुको पालामा संबिधान बने पनि नबने पनि मतलब छैन।
त्यस पछी त्यही प्रश्न मधेशी जन अधिकार फोरमका अध्यक्ष उपेन्द्र याद्वलाई थियो । उनको मुखले बोल्यो -"यसमा ठुला पार्टीहरु जिम्मेवार हुनु पर्छ। शान्ती र संबिधानको लागि हाम्रो पार्टी आफ्नो ठाउँबाट जे पनि गर्न तयार छ।
सातपत्रे फिल्टरको स्क्रीनले उपेन्द्रको मनको कुरा यस्तो देखाउँदै थियो - "आफु त धोबीको कुकुर घर न घाटको जस्तो भै'याछ। न भारतले विश्वाश गर्छ न नेपालले। मधेशमा आगो बालेर राता रात हिरो बनेको अहिले जिरो हुने स्थिती भो। शान्ती र संबिधान भाँडमे जाए।
अब पालो थियो मधेशी मोर्चाको तर्फबाट महन्थ ठाकुरको । त्यही प्रश्नको उत्तरमा उनले यस्तो भने -" हाँ किसी भि हालतमे संबिधान और शान्ती प्रकृया........... ठाकुर बाजे हिन्दीमा बोल्न सुरु गर्दै थिए मिशिनले उनको कुरा बुझेनछ र उनको कंचट्मा लगाइरहेको पातो मार्फत दिमागमा करेन्टको झट्का पठाइदियो। करेन्टको झट्काले बुढा झन्डै कुर्चीबाट खँगारिएनन् । बैज्ञानिकहरुले उनलाई तुरुन्त सचेत गराए - "ठाकुरजी मिशिनले हिन्दी स्विकार गर्दैन । नेपाली या मैथिलीमा कुरा गर्नुस् । करेन्टको झट्काले पसिनै पसिना भएका ठाकुर बाजे गम्छाले पसिना पुछ्दै नेपालीमा बोल्न सुरु गरे - "कुनै पनि हालतमा संबिधान और शान्ती प्रकृया तीन महिनाको अन्दरमा समाप्त हुनुपर्छ र साथमे मधेशको माग पनि सम्बोधन् हुनु पर्छ।
उनको सात पत्रे भित्र लुकेको कुरो भने यस्तो रैछ -"हिन्दी बोल्नेका सजा करेन्टका झट्का देता है साला। देख्ते जाओ साला पहाडी लोग एक दिन हिन्दी भाषाको अपना भाषा बनाकर हि दम् लेँगे। अगर इसी तरह दिल्लीका आशिर्बाद हम मधेशीयोके साथ रहा तो हम क्या क्या करते हैं, देख्ते जावो। बडा आया संबिधान बनाने वाला। अगर मधेशका डिमान्ड पुरा नही किया तो देख्ते हैं कैसे बनता है तुम्हारा संबिधान।
अन्तमा छुच्चो बक्ता, मनमा जे छ मुखले त्यही बोल्ने निर्भिक बक्ता भनेर चिनिएका केपी ओलीलाई पनि यही प्रश्न सोधियो ।
स्वाभाबिक र चीर परिचित उही घोचे शैलीमा उनको मुखले यस्तो बोल्यो- " आँटेको मेलो जोतेर सकिन्छ कि सकिन्न भन्ने कुरा हलीमा भन्दा गोरु कस्ता छन् भन्ने कुरामा भर पर्छ। फकाएर खेद्यो टेर्दै नटेर्ने, पुच्छर निमोठ्यो लात्ताले हान्ने यस्ता गोरुले पनि घाम छँदै मेलो सकाउलान् त ? संबिधान बनाउने हो कि होइन माओवादीलाई सोध्नुस् । "
सातपत्रे फिल्टरको स्क्रीनमा भने उनको मनमा लुकेको असली कुरो यस्तो देखियो - "हामीलाई हरुवा भनेर जहिले पनि घोँच्थे । यी जितुवाहरुको दाँत बाट पसिना आएको देख्दा हारको जलन शान्त भएको महसुस् भैराछ। बरु संबिधानसभा बिघटन भएर ताजा चुनावमा जान पाए कुनै हालतले पनि चुनाव जितेर प्रचन्डका जुंगा झार्न पाइन्थ्यो।"
मन भरी यती धेरै बेइमानी र कपट बोकेर थुतुनोले चैं शालिन र भद्र कुरा गरेर नेपाली जनतालाई भ्रममा राख्ने नेताहरुको दोमुखे चरित्र बाहिर ठुलो हलमा बसेका जनताहरुले थाहा पाइ सकेका थिए। उनीहरुको अनुहारमा आश्चर्य र क्रोध मिश्रित भाव देखिरहेको थिएँ मैले । "अब यी ठगबहादुरहरुको खैरियत छैन"- मेरो मनले भनिरहेको थोयो। नेताहरुको मुखुन्डो उतार्न सफल भएकोमा र आविस्कार सफल भएकोमा बैज्ञानिकहरु असाध्यै खुशी देखिन्थे। टिभीमा उनिहरुको खुशी देखेर म पनि यती खुशी भएछु कि या.....हू भन्दै हावामा छलाङ मार्ने भएको खाट्बाट खसेर निद्रा त बिच्कियो नै झन्डै करंग् समेत ड्यामेज् भएन। साला सपना पो रहेछ्।.............. बिपनामा कहिले बन्ला यो "सातपत्रे फिल्टर" !
18 Comments:
मलाई लाग्छ मेशिन बनाउन जरुरी छैन... यी सबैको एक- एक पटक 'नार्को टेष्ट' लियो भने पनि करिब करिब यस्तै नतिजा आउँछ होला ।
दामी लेख (कथा)...। मैले फेसबुक र ट्वीटरमा बाँडे है !
hahahaha dammi laagyo la....wonderful
गजब लाग्यो मलाई पनि। प्रकाश जी को फीड मा केहि समस्या हो कि ? मेरो ब्लग अपडेट मा आएन है !
आहा क्या गज्जव लाग्यो सबैभन्दा मलाइ ठाकुर जीका कुरा अती चित्त बुझ्यो । बाँकी भेँडाहरू त दिनै का रमिताहरू नै हुन् नी ।
मैले फेसबुकमा अली लिन्कका सहित राखेर केही अंश कमेन्टका रूपमा बाँडेको छु ।
तपाइको यो लेख सबैले पढिदिउन् भन्ने मेरो चाहना हो । जे लेख्नु भयो त्यो यथार्थ र अती नै समय सान्दर्भिक छ ।
दिलिप जीको प्रोफाइलमा जाँदा यो लिन्क देखेँ , र के रहेछ भनी हेरेको त गज्जब लाग्यो । दिलिप जीलाइ लिन्क उपलब्ध गराइ दिनु भएकामा हार्दिक धन्यवाद ।
विष्णु प्याकुरेल, उदयपुर, हाल अरब ।
प्रकाश जि'सात पत्रे फिल्टर को करामत'लेख आहिले को देश को बिग्रदो स्थिती लाई
मध्यनजर गरेर आफ्नो ब्लग मा समाबेश गरी पढ्न पाउदा खुशी लाग्यो। लेख एकदमै स्तरिय छ।
अन्तिम मा छुचो बक्ता भनेर चिनिने के पि ओली र उपेन्द्र यादव को ब्याङ्यत्मक भनाइ-
'आफु त धोबी को कुकुर घर को न घाट को'साह्रै मन पर्यो।।।।।
कास ! विपनामा यस्तै भै दिए .......... ! लेखन दामी लाग्यो है प्रकाश जी !
हाहा !!! सार्है रमाइलो
लेख साह्रै राम्रो छ ,तर के गर्नी हाम्रा नेताहरु लाई ,जति भने पनि लाग्दैन अब युबा जती मिलेर ,, नेता लाइे काबाही गर्नु पर्छ |
सात पत्रे फिल्टरको करामतको कल्पना गर्दै खुबै रमाइलो र चोटिलो लेख पस्कनु भएको रहेछ प्रकाश समिरजी । यिनीहरुको मनमा यही नै छ, लेख कल्पनामा आधारित भए पनि वास्तविकता हो यो ।
सात्पत्रे मेशिन बनोस नबनोस केही मतलब छैन तर संविधान बनेन भने चाहि, जनताको रगत पसिनामाथि जथाभावी रजाइ गर्ने यी साढेहरुलाई झापड हानेर मात्र भएन , यिनेर्लाई त छाला पिल्सिने गरी डामेर दक्षिणको गौडा कटाई दिनु पर्छ । चेतना भया ।
गज्जव.. एकदम मनपर्यो!! :-)
great one....:)
धारिलो शैलीको व्यङ्ग्य । सातपत्रे फिल्टर नबने पनि आजसम्म धेरैजसो नागरिकले यिनका दिमागको पत्र-पत्र स्क्यान गरिसकेका छन् । नागरिकमा वैराग्य भरिएकैले यावत् वस्तुस्थितिमा बेवास्ताको पिठ्यूँ फर्काइरहेछन् ।
लेख त दामी रहेछ । एकपल्ट पढ्दा त बुझिएनछ, फेरी पढे अलि बुझियो । फिल्टर नै प्रयोग नगरे पनि नेपाली हरुले पत्ता नलगाउने होइनन तर अन्धा भक्त हनुमान बनिदिन्छन ।
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।
म Loredana Beretta रुची दयालु इमेल मार्फत मलाई संपर्क भने तत्काल 3% ब्याज दर संग अन्तर्राष्ट्रीय देश गर्न ऋण विभिन्न प्रकारको प्रस्तुत गर्ने एक निजी ऋण ऋणदाता हुँ: loredana.beretta40@gmail.com
वाक्य: तपाईंको आनन्द हाम्रो सन्तुष्टि छ
हामी हाम्रो वाक्य द्वारा बाँच्न, हामी तपाईंलाई मदत गर्न सक्नुहुन्छ
म Loredana Beretta रुची दयालु इमेल मार्फत मलाई संपर्क भने तत्काल 3% ब्याज दर संग अन्तर्राष्ट्रीय देश गर्न ऋण विभिन्न प्रकारको प्रस्तुत गर्ने एक निजी ऋण ऋणदाता हुँ: loredana.beretta40@gmail.com
वाक्य: तपाईंको आनन्द हाम्रो सन्तुष्टि छ
हामी हाम्रो वाक्य द्वारा बाँच्न, हामी तपाईंलाई मदत गर्न सक्नुहुन्छ
तपाईं एक व्यवसाय सुरु गर्न र आफ्नो बिल तिर्न वा तपाईंको प्रोजेक्ट लाई वित्त गर्न ऋण चाहिन्छ? के तपाईंले सोच्नुभएको छ कि तपाईं कसरी आफ्नो व्यवसाय विस्तार गर्न सक्नुहुन्छ र यसलाई नयाँ स्तरमा लैजान सक्नुहुन्छ जहाँ तपाईं आफ्नो आय बढाउन सक्नुहुन्छ? यदि हो भने यहाँ आज हाम्रो लागि सही समाधान हो, किनकि हाम्रो व्यवस्थापन विलियम्स लियो ल्यान्डर्स तपाईले आर्थिक सहयोगको प्रस्ताव गर्न तयार हुनुहुन्छ, कृपया हामीलाई सम्पर्क गर्नुहोस्: williamsloanfundshelp@gmail.com
प्रतिबिम्बलाई आफ्नो अमूल्य सुझाव तथा टिप्पणी पठाउन चाहनुहुन्छ भने यसो गर्नुहोस्:-
* तलको बक्समा आफ्नो टिप्पणी (Comment) लेख्नुस्
* Comment as : Select profile लेखेको छेऊको arrow मा click गर्नुस्
* तल रहेको Name/URL क्लिक गर्नुस्
* आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
* Post Comment क्लिक गर्नुस् !!