हासौँ है त ...

Saturday, January 22, 2011


१. हातमा माला लिएर अप्रेशन थिएटरमा प्रबेश गरेको डाक्टरलाई देखेर बिरामीले सोध्यो-
"डक्टरसाब यो माला कस्को लागि?"
" भाई यो मेरो पहिलो अप्रेशन हो, सफल भयो भने मेरो लागि, असफल भए तिम्रो लागि।"
- डाक्टर मुस्कुराउदै बोल्यो।


२ . "हेल्लो को बोलेको?"- बुढाले फोन उठाउँदै सोधे।
"म तपाईंको छोराको पल्टनबाट बोलेको, तपाईंको छोराको मृत्‍यु भयो।" -उताबाट आवाज आयो।
"कहिले?....... कसरी?"  - बुढा मान्छेले हड्बडाउँदै सोधे।
"निधारमा गोली लागेर मृत्‍यु भयो "- उताबाट आवाज आयो।
"धन्न भगवान तै आँखा त जोगिएछ छोराको"  - बुढाले खुशी ब्यक्त गर्दै फोन राखे।


३. चंखे र शंखेको धेरै बर्ष पछी भेट भएको थियो आज। त्यसैले एक अर्काको बारेमा सोध्दै थिए। 
 कुराकानीको क्रममा थाहा लाग्यो उनिहरु दुबै जनाले बिहे गरी सकेछन्।
चंखे:  "तेरो श्रीमती कस्ती छिन्?"
शंखे:  "के भन्नु यार उनी त स्वर्गकी अप्सरा हुन्। अनी तेरो श्रीमती नि?
चंखे:  ( दुखी हुँदै ) "यार तँ जस्तो भाग्यमानी कहाँ हुनु,  मेरी त अझै जिउँदै छे।"


४ . एक महिला प्रहरी चौकीमा उजुरी लेखाउंदै-
महिला: "ईन्स्पेक्टर सा'ब मेरो श्रीमान तीन दिन अघी काउली किन्न बजार जानु भएको
 अहिले सम्म घर फर्कनु भएको छैन, म के गरुँ।"
ईन्स्पेक्टर: "जानोस् अरु नै तरकारी पकाएर खानोस्।"

3 Comments:

Unknown said...

चुट्किला त साह्रै राम्रो रहेछ यसै गरी अरु पनि पढ्न पाउ

Anonymous said...

प्रकाश जि हासौ है त, चुटकीला धेरै राम्रो लाग्यो
अनी आफ्नो प्रयास लाई जारी राख्नु होला,साथै आगामी
दिन हरु मा पनि नब कोशली हरु पढ्न पाउने आशा मा,,
KESHAV KC,Baghdad,Iraq.

प्रकाश समीर said...

कमेन्ट गर्ने सबै साथीहरुलाई हार्दिक धन्यवाद!

प्रतिबिम्बलाई आफ्नो अमूल्य सुझाव तथा टिप्पणी पठाउन चाहनुहुन्छ भने यसो गर्नुहोस्:-


* तलको बक्समा आफ्नो टिप्पणी (Comment) लेख्‍नुस्
* Comment as : Select profile लेखेको छेऊको arrow मा click गर्नुस्
* तल रहेको Name/URL क्लिक गर्नुस्
* आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
* Post Comment क्लिक गर्नुस् !!