एउटा यस्तो पागल

Thursday, March 3, 2011

" तिले बौलाएछ साथी हो ! " - एक जनाले घोषणा गर्‍यो ।  " साँच्चै हो र ? " - अर्कोले निस्चयता माग्यो ।
 " हो यार त्यो बौलाएकै हो " - अर्कोले थप्यो ।
एक कान दुई कान अनी मैदान भयो । कुरा माथि सम्म पुगेछ । मेरो मेनेजरले अफिसमा बोलाएर मेरो पागलपनको मौखिक परिक्षा लियो । हिजो सम्मको इमान्दार, मेहनेती र कर्त्ब्यनिस्ठ कामदार म आज एका एक अनेक प्रश्नहरुको सामना गरिरहेको थिएँ एक अपराधीले झैँ । अन्तत: म पागल ठहरिएँ उनिहरुको नजरमा  र नेपाल फर्काइने भएँ ।
        गती छाडेर छाडा बोल्दै हिंडेको छैन । इज्जतको आवरण उतारेर कसै सामु निर्लज्ज प्रस्तुत भएजस्तो पनि लाग्दैन । तै पनि पागलपनको कुन परिभाषा र मापदन्ड भित्र परें कुन्नी मलाई थाहा छैन। हो, नमिठो बिगतलाई भुल्ने बाहानामा मैले अबिराम सल्काउने चुरोट्को धुवाले कतिलाई पिरोल्यो होला । कहिले काहीँ पीँडक स्‍मृतिले मध्यरातमा ऐठन पार्दा कसैको निद्रामा बाधा पुगेहोला । मलाई अनुभुती नभएको होइन यी कुराहरु ।
मलाई पागलको संज्ञा दिनेहरुले एक पटक बुझ्ने प्रयास सम्म गरेनन् - “ किन तेरो यस्तो असामान्य बर्तमान ? “ सोधेको भए सायद पोखिदिन्थेँ बिषाद मेरो त्यो अतितको कथा ।

हासौँ है त ...

Saturday, January 22, 2011


१. हातमा माला लिएर अप्रेशन थिएटरमा प्रबेश गरेको डाक्टरलाई देखेर बिरामीले सोध्यो-
"डक्टरसाब यो माला कस्को लागि?"
" भाई यो मेरो पहिलो अप्रेशन हो, सफल भयो भने मेरो लागि, असफल भए तिम्रो लागि।"
- डाक्टर मुस्कुराउदै बोल्यो।


२ . "हेल्लो को बोलेको?"- बुढाले फोन उठाउँदै सोधे।
"म तपाईंको छोराको पल्टनबाट बोलेको, तपाईंको छोराको मृत्‍यु भयो।" -उताबाट आवाज आयो।
"कहिले?....... कसरी?"  - बुढा मान्छेले हड्बडाउँदै सोधे।
"निधारमा गोली लागेर मृत्‍यु भयो "- उताबाट आवाज आयो।
"धन्न भगवान तै आँखा त जोगिएछ छोराको"  - बुढाले खुशी ब्यक्त गर्दै फोन राखे।

मरुभूमीको एउटा फूल

Friday, January 14, 2011

"मेरो बाबा आमाका पाँच सन्तान् मध्य जेठी हुँ म। मेरो नाम वुरुद हो। तीन बर्ष भयो म मेरो परिवार सँग बिछोडिएर मामाघर बस्न थालेको।"
बोल्दा बोल्दै ऊ एकछिन रोकिई अनि लामो श्वास फेर्दै बिगतमा फर्की -"हाम्रो एउटा सुखी र खुशी परिवार थियो राजाधानी बगदादमा। आफ्नै घरमा ठुलो किराना पसल थापेका थियौँ। बाबा पसलमा बस्नु हुन्थ्यो। आमा घरको काममा ब्यस्त हुनुन्थ्यो भने म र भाई बहिनीहरु विद्यालय जान्थ्यौं। रमाइला दिनहरु थिए ती। आफ्नै घर आँगनमा खेल्थ्यौँ, कुद्थ्यौँ हामीहरु। आमाले खाना साह्रै स्वादिस्ट बनाउनुहुन्थ्यो। बिशेष गरि आमाले बनाएको माछाको पारीकार मलाई खुब सम्झना आउँछ। फुर्सद्को बेला बाबाले हामीलाई पालै पालो मोटरसाइकलमा राखेर घुमाउनु हुन्थ्यो।"
बिगत सम्झेर भक्कानीई ऊ।

बिरानो बस्तिबाट

Thursday, December 23, 2010

बिगतलाई धिक्कार्दै
वर्तमानलाई नकार्दै
जिउनुको अर्को अर्थ
अनि सुगम पथ खोज्दै गर्दा
महत्वकांक्षाको पंख पलाएपछि
सपनै सपनाको भारी बोकेर
अनिश्चित आकाशमा बेग हानेको मान्छे म
मरुस्थलको अग्निकुन्डमा होमिन आईपुगेछु
सानु तै पनि सञ्चै छु
सञ्चै छु त के भन्नु बाँचेको छु।