भिर गौंथलिको बस्तिमा
बाजहरुको संग्रामले
बन्दा बन्दै भत्केका
हाम्रा गुँडहरु
कहिले बन्ने हुन् फेरी !
झिल्को बाँकीनै भए पनि
डढेलो त खै निभ्यो नै भन्थे
बाजहरुले बुझ्दै बुझेनन्
कसले हावा दि'रहेको छ
यी झिल्कोहरुमा !
बिधा : कविता
ओहो ! के अचम्म भो आज, सधैं ईराक, अफगानिस्तान, लिबिया र सिरियाका भिडन्तका दृष्यहरु मात्र देखाउने बिबिसी, सिएनएन, अल्जजिरा जस्ता टाउके न्युज च्यानलहरु मात्र होइन भारतीय रंगिला न्युज च्यानलहरुले पनि घोक्रो फुलाई फुलाई नेपाल बारे समाचार दिइरहेका रहेछन्। जुन न्युज च्यानल हेरे पनि नेपालमय । ल्याप्टप उप्काएर यसो इन्टरनेटमा समाचारहरु हेरेँ त्यहाँ भित्र पनि अटाइ नअटाइ नेपालकै त्यस्तै समाचारहरु लिपिएका छन्। हाम्रा एक जना जुँगे नेताले "चमत्कार" गर्छौं भन्थे साँचै चमत्कार गरेछन् कि क्याहो ! म दंग परेँ । जीवनमा पहिलो पल्ट होला सायद नेपाली हुनुमा यती धेरै गर्व लागिरहेको थियो आज मलाई।बिधा : हास्य व्यङ्ग्य
"भन्छन् मर्दको छोराले रुनु हुन्न रे बिधा : समय/सन्दर्भ
बिधा : समय/सन्दर्भ
बिधा : समय/सन्दर्भ