गह भरिएको त्यो क्षण

Sunday, May 22, 2011



"भन्छन् मर्दको छोराले रुनु हुन्न रे

तर किन किन ........ गह भरिएर आउँछ"


गायक योगेश्वर आमात्यले गाएको गीताअंश आधा अधुरै भए पनि उद्दरण गरेँ यहाँ निर । गीतका शब्दहरुले रुनु हुँदैन भने पनि खुशीमा हास्ने मन दु:खमा नरोइ बस्न कहाँ मान्छ र ? मलाई लाग्छ मनको बाँध भत्केपछि कुनै "मर्द" ले पनि छेक्न सक्दैन आँखाबाट छल्किनको लागि । फरक यत्ती हो कोही उज्ज्यालोमा रुन्छन्, कोही अँध्यारोमा रुन्छन्, कोही देखिने गरी रुन्छन् त कोही कोही लुकेर रुन्छन् । अती खुशी, अती दुखी, भावोत्तेजना वा क्रोधमा धेरैको गह भरिएको देखेको छु मैले तर आज आफ्नै गह भरिएको "नामर्दी" कथा लेख्दै छु।

लादेन, अमेरिका र भष्मासुर

Monday, May 9, 2011

यस पाली चैँ लादेन बाजे सुइँकेकै रहेछन् यो बीश्वास गर्न मलाई झन्डै एक हप्ता लाग्यो। किन भने बुढा पहिला पनि धेरै चोटि मरिसकेका हुन्। कहिले अफगानिस्तानको तोराबोरामा मरे कहिले किड्नी फेल भएर मरे। सन् २००१ देखी किस्ताबन्दीमा मर्न सुरु गरेका बुढा २०११ मा बल्ल मृत्युको पुरा किस्ता चुक्ता गरे।
 
फेसबूक ट्विटरमा मजदुर साथीहरुलाई अन्तरराष्ट्रिय मजदुर दिवसको शुभकामना बाँड्दै गर्दा "लादेनको मृत्यु" भन्ने खबर चैते डढेलो झै फैलीसकेको रहेछ। मैले खासै चासो दिइन। भन्नाले बिश्वास लागेन। पछी इन्टरनेटमा यसो समाचारहरु खोजेको रगतपच्छे भएको लादेनको लाशको तस्विर पो देखेँ मृत्यु भएका लादेनको तस्विर मुसुक्क हासेको केही बोलिहाल्छ कि जस्तो देखियो लौ बुढाले हासी हासी पो गोली थापेछन् जस्तो लाग्यो तस्विरलाई नियालेर हेर्दा पो लाग्यो " दालमे कुछ काला हैं " मेरो मनले त्यती बेलै घोषणा गर्यो "लादेनलाई अमेरिकाले होइन ग्राफिक्सले मारेको रहेछ।" नभन्दै त्यो तस्विर फोटोशपबाट चलाखी गरेर मिलाइएको ठहरियो गोली लागेर आधा अनुहार रक्तमुछेल हुनु आधा अनुहारमा रगतको एक छिटा सम्म नपर्नुले "अक्कल बिनाको नक्कल" भनेझै ग्राफिक्स्को धोती त्यही निर खुस्केको थियो।  ग्राफिक्सले मार्न नजाने पनि अमेरिकाले मारेकै रहेछ खैर यो कुरा यही बिसाउँ