केही ईतिहासका कुरा

Thursday, April 7, 2011

     "A man who is very busy seldom changes his opinions."

                                                                                                 - Friedrich Nietzsche

प्रशिद्ध जर्मन दार्शनिक फ्रेडरिक नीत्शेले भनेझैं आफ्नो मत आफ्नो बिचार अपडेट गर्न नसक्ने भएको छु म हिजो आज। उपरोक्त भनाइ मेरो दैनिकी सँग झन्डै झन्डै मेल खान पुगेको छ  अचेल। परदेशको बसाइ काम नगरे दाम नआउने, दाम नआए माम नआउने। "नुनको सोझो" गर्ने क्रममा कहिलेकाहिं नुन एती चर्को भाईदिन्छ कि इच्छा आकांक्षाहरु सबै पोको पारेर राख्नु पर्दो रहेछ। बोझिलो बर्तमान सँग संघर्ष गर्ने क्रममा निजी समय अत्यन्त कम हुने भएकोले ब्लग सुरु त गरियो तर यसलाई निरन्तरता दिन धौ धौ परेको छ। छिटो छिटो ब्लग अपडेट गर्न सकिएको छैन। "मासिक ब्लग" भन्दै केही साथीहरुले ब्यङ्यात्मक दुखेसो गर्नु भएको छ। धन्यवाद ती शुभचिन्तक मित्रहरुलाई जसले मलाई निरन्तरताको लागि खबरदारी गरी रहनु भएको छ। अती ब्यस्तताका बाबजुद समयको तालमेल मिलाउने प्रयासमा छु म ।

मन र मस्तिष्क एकाकार नभएपछी रचनाहरु जन्मन गार्‍हो हुँदो रहेछ । आज ब्लग अपडेट गर्ने बहानामा अलिकती फरक रुपमा प्रस्तुत भएको छु। धेरै पहिला मैले ब्लग सुरु गर्नु भन्दा अघी "वेबसाइट महासागर" भित्र गोता मार्दै गर्दा केही मन छुने तस्विरहरु भेटेको थिएँ । आज मेरो कम्प्युटरमा संचित गरिएका तस्विरहरुको फोल्डर खोल्ने क्रममा ती तस्विरहरुमा नजर पर्‍यो। कला र ईतिहास मेरो रुचीका बिषय भएको र यि दुबैको प्रतिबिम्ब यि तस्विरहरुमा देखिएकोले मलाई राम्रो लागेर यी ऐतिहासिक सामाग्रीहरुलाई ब्लग अपडेट गर्ने बहाना बनाएको छु । यहाँहरुलाई कस्तो लाग्ला कुन्नी?
                                                  ठुलो गरी हेर्न तस्विरहरुमा क्लिक गर्नुहोला। 

"उर्भर फाँटको बिचमा सलल कंचन बागमती" -१५८ बर्ष अघिको काठमाडौं । 
  चित्रकार डा हेनरी एम्ब्रोज ओल्डफिल्डले यो चित्र सन् १८५३ अप्रिलमा बनाएका रहेछन् । पाटन     तिर  उक्लने एउटा उकालोमा बसेर काठमाडौंको यो दृष्य उतारिएको रहेछ।
    

"वारी गाई पारी जंग बिचमा गंगा"
तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणाको थापाथली स्थित भब्य निवास । यो चित्र सन् १८५२ डिसेम्बरमा बनाइएको थियो । ( त्यो भवनको केही भाग हालको नेपाल राष्ट्र बैँक भवन हो कि? )

"भक्तहरुको शहर भक्तपुर
चित्रकार डा.ओल्ड्फिल्डद्वारा सन् १८५८ मा बनाइएको भक्तपुर दरबार परिसरको चित्र । चित्रमा कलाकारले तत्कालिन भादगाउँको कला कौशललाई निकै मिहिन ढंगले उतारेका छन् साथै उनको चित्रमा तत्कालिन जंगी र सर्बसाधारणको भेष भुषा समेत के कस्तो हुँदो रहेछ भन्ने कुरा देख्न सकिन्छ। 

"कोही त भने महलमा हरर कोहीलाई भने पसिना तरर"- काठमाडौं स्थित ब्रिटिश रेजिडेन्सी भवन ।

सन् १८५० मा कलाकारले उतारेको काठमाडौं स्थित ब्रिटिश रेजिडेन्सी भवनको चित्र । झन्डै १६१ बर्ष अघीको काठमाडौं र यहाँको जनजीवन कस्तो थियो त चित्रले प्रस्ट देखाएको छ।

सन् १८१४ देखी १८१६ सम्म चलेको नेपाल-अंग्रेज युद्धमा नेपाल पछी हटे पछी नेपालले आफ्नो कुल क्षेत्रफलको झन्डै एक तिहाइ भूभाग मात्र गुमाउनु परेन कि कैयौ अनिच्छित सर्तहरुसमेत मान्न वाध्य हुने गरी असमान सन्धी स्विकार गर्नु परेको थियो । जो ईतिहासमा "सुगौली सन्धी" नामले अंकित भएको छ।  काठमाडौंमा ब्रिटिश रेजिडेन्सी राख्न पाउने सुगौली सन्धीको एउटा सर्त अनुसार काठमाडौंमा खोलिएको ब्रिटिश रेजिडेन्सीको भवन हो माथि चित्रमा देखाइएको ।

यि चित्रका चित्रकार डा हेनरी एम्ब्रोज ओल्डफिल्ड त्यही ब्रिटिश रेजिडेन्सीको सर्जनका रुपमा सन् १८५० देखी १८६३ सम्म नेपालमा काम गरेका रहेछन्। उनी कुटनितिज्ञ मात्र होइन एक कुशल चित्रकार पनि रहेछन्। उनले आफ्ना चित्रमा काठमाडौं उपत्यका भित्रका मध्यकालिन कला कौशललाई अत्यन्त सुक्ष्म तरिकाले उतारेका छन् । उनले चित्रमा उतारेका कैयौ सम्पदाहरु आज अस्तित्वमा छैनन् । उनले उपत्यका बाहिरका पनि धेरै चित्रहरु बनाएका छन् ।

धन्यवाद ती कुटनितिज्ञ चित्रकारलाई, संग्रहणीय चित्रहरु बनाएर छोडेकोमा ।


                                                                                                            तस्विर श्रोत: http://www.bl.uk/onlinegallery/

3 Comments:

Unknown said...

प्रकाश जि ईतिहास को बारेमा सर्है राम्रो लेख लेख्नु भएकोरहेछ यो लेख पडेर सर्है आनन्द अयो यस्ता लेख हरु अरुपनी दिन पढ्न पाउ र यस्ता लेखहरु अरुपनी दैनिकिमा भएदेखी अझ राम्रो हुने थियो धन्यवाद

keshav khatri,IRAQ...., said...

प्रकाश जि सर्बप्रथम हजुर लाई धन्यबाद,बिदेश मा रहेर आफ्नो दैनिकी नै भनौ,'नुन को सोझो'गर्नु
त हाम्रो वाध्यता छदैछ,बिबिध समस्या हुँदाहुँदै पनि आफ्नो कला र साहित्य लाई आज फेरी-प्रतिबिम्ब:
'केही ईतिहासका कुरा'मार्फत जानकारी दिनु भएको मा।।।।।।।।।।।
प्रकाश जि चित्र मा उतारेका कयौ सम्पदा हरु आज हाम्रो सामु छैनन,तैपनी यती धेरै बर्ष पछी
पनि बिगत के कस्तो थियो भनेर माथि का चित्र बाट मात्र थाहा भयो,फेरी पनि धन्यवाद-छ तपाईं अनी
ति कुटनितिग्य चित्रकार।।।।।साथै हजुर लाई । आगामी दिनहरु मा पनि हजुर को निरनतरता जारी रहोस्,
यही मेरो कामना....../

Pradip Ghishing said...

hello prakas sir pahila tapailai namaskar chha la ? dai tapaile itihas ko kehi bibarn garnu bhayeko rahe6 thik6 dai maile najaneko nabhujheko kura haru tapaiko yo itihas lai sametera lekhanu bhaye6 maile here pade khusi lagayo kehi kura maile pani jane yasari nai tapaiko ajha aru pani padanu pau la ? bhandai thik6 ramro6 beast of luck bye ......

प्रतिबिम्बलाई आफ्नो अमूल्य सुझाव तथा टिप्पणी पठाउन चाहनुहुन्छ भने यसो गर्नुहोस्:-


* तलको बक्समा आफ्नो टिप्पणी (Comment) लेख्‍नुस्
* Comment as : Select profile लेखेको छेऊको arrow मा click गर्नुस्
* तल रहेको Name/URL क्लिक गर्नुस्
* आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
* Post Comment क्लिक गर्नुस् !!