गह भरिएको त्यो क्षण

Sunday, May 22, 2011



"भन्छन् मर्दको छोराले रुनु हुन्न रे

तर किन किन ........ गह भरिएर आउँछ"


गायक योगेश्वर आमात्यले गाएको गीताअंश आधा अधुरै भए पनि उद्दरण गरेँ यहाँ निर । गीतका शब्दहरुले रुनु हुँदैन भने पनि खुशीमा हास्ने मन दु:खमा नरोइ बस्न कहाँ मान्छ र ? मलाई लाग्छ मनको बाँध भत्केपछि कुनै "मर्द" ले पनि छेक्न सक्दैन आँखाबाट छल्किनको लागि । फरक यत्ती हो कोही उज्ज्यालोमा रुन्छन्, कोही अँध्यारोमा रुन्छन्, कोही देखिने गरी रुन्छन् त कोही कोही लुकेर रुन्छन् । अती खुशी, अती दुखी, भावोत्तेजना वा क्रोधमा धेरैको गह भरिएको देखेको छु मैले तर आज आफ्नै गह भरिएको "नामर्दी" कथा लेख्दै छु।


स्वदेशमा बस्दा भन्दा बिदेशमा बस्दा देशको माया अली धेरै लाग्ने हो कि? यो कुनै ढोङ् बिनाको मेरो मनको आवाज हो। म सोच्छु शायद सबै परदेशीहरुलाई यस्तै हुँदो हो ! भौगोलिक रुपमा हाम्रो अस्तित्व झन्डै "नोथिङ" को अवस्थामा छ विश्व मानचित्रमा । तर एउटै चिजले हामीलाई पनि "सम्थिङ" बनाएको छ, त्यो हो सगरमाथा। परदेशमा सगरमाथा नेपालीको परिचय बोकेर मनमा बसिरहेको हुन्छ।

परदेश जहाँ फरक फरक भूगोलबाट आएका फरक फरक अनुहार सँग परिचय लेन देन भैरहन्छ । भौगोलिक रुपमा हाम्रो वतन ठम्याउन नसक्ने बिदेशीहरु सँग परिचय गर्दा सगरमाथाको उचाइ सँग आफ्नो परिचय जोडीनु चिनिन सजिलो मात्र होइन गौरवको अनुभुती पनि हुँदो रहेछ। म त्यसै गर्छु र शायद धेरै नेपालीले त्यसै गर्दा हुन् ।

एक दिन पोल्यान्डको नागरिक सँग परिचय गर्ने क्रममा "म सगरमाथाको देश नेपालको नागरिक हुँ " भनेर परिचय दिँदै थिएँ । उसको छेउमा उभिएको दक्षिण भारत तामिलनाडुको एक जना मान्छे बिचैमा प्वाक्क बोल्यो - " होइन सगरमाथा त ईन्डियामा पर्छ ।" यो सुनेर म दाँतमा ढुंगा लागे जस्तै भएँ । सुनेको थिएँ भारतीयहरु गौतम बुद्धमा जस्तै सगरमाथामा पनि आफ्नो स्वामित्व दाबी गर्छन् रे । आज आँफै साक्षी बनिरहेको थिएँ त्यो दुस्साहसको। मैले तुरुन्तै प्रतिबाद गरेँ - " के छ तिमी सँग प्रमाण सगरमाथा तिम्रो हो भनेर ?" उसले गजबको उत्तर दियो - " सगरमाथा हिमालयमा पर्छ र हिमालयको देश भनेर ईन्डियालाई चिनिन्छ ।" उसले सानै देखी सगरमाथा ईन्डियामा पर्छ भनेर पढ्दै आएको रे ।

"सगरमाथा बारे तिम्रो ज्ञान गलत रहेछ" मैले उसलाई सम्झाउन खोजेँ। प्रत्युत्तरमा उसले सगरमाथा ईन्डियामा नै पर्छ भनेर जिद्दी मात्र गरेन कि नेपाल पनि पाकिस्तान र बङ्लादेश जस्तै ईन्डियाबाट फुटेको राष्ट्र हो भन्ने आशयको कुरा गर्यो। यदि कम्प्युटर र इन्टरनेटको उपलब्धता त्यहाँ हुन्थ्यो भने मैले उसलाई गलत साबित गर्ने थिएँ तर तत्काल ती सुबिधाकोहरुको पहुंच भन्दा बाहिराको कुराकानी भएकोले त्यो सम्भव हुन सकेन। अपमानबोधले रातो र तातो भएको थिएँ म त्यस बेला । तर्क र प्रमाणका आधारमा कुरा गर्ने मान्छे सँग हार्दा पनि एक प्रकारको मज्जा आउँछ। तर बल मिच्याइ गर्नेहरु सँग केही नलाग्दो रहेछ।

त्यस पछीका भेटहरुमा त्यो पोलिश साथीलाई मैले सगरमाथा नेपालमा नै पर्छ भन्ने कुरामा कन्भिन्स गरेँ सप्रमाण । सगरमाथा हाम्रो परिचय हो,हाम्रो ताज हो र नेपालीको उचाइ हो । दिन दाहाडै हाम्रो ताज लुट्न खोज्नेले,हाम्रो परिचय मेटाउन खोज्नेले रातका अँध्यारोमा सिमानाका पिलरहरु दुई चार गज सार्नु कती ठुलो कुरो भयो र।मैले सिमानाका ती पीडित बासिन्दाहरुलाई सम्झेँ जो दिनहुँ जसो एसएसबी नामक बर्दीवाला र सिमा पारीका धोतीवालाहरुबाट सताइएका हुन्छन्।

साँच्ची नै त्यती बेला क्रोधको, भावोत्तेजनाको वा हिनताबोधको  खै कुन अर्थको आसुँले हो कुन्नी गह भरिएको थियो मेरो । त्यसो त हामीहरु सताब्दियौं देखी रुँवाइदैं आएका छौं उनिहरुबाट । कहिले नालापानीमा, कहिले कालापानीमा , कहिले महाकालीमा त कहिले सुस्तामा जही तही रोएका छौं हामी नेपालीहरु । हाम्रा नीती र नेताहरु भारतमुखी भएपछी रुनु त नेपालीको नियती नै हुने भो । सर्बस्व भएर पनि सधैं हिनताबोधमा बाँच्न वाध्य कठै हामी नेपाली !





6 Comments:

Jotare Dhaiba said...

यसरी ठाउँठाउँमा भाँच्चिएका छौं, चुहिएका छौं हामी । हाम्रै केही नामर्द 'ठालु'हरूको कारण 'मर्द' को आँखा मात्रै होइन जिन्दगी नै पो रोएको छ हौ । कारुणिक छ पोस्ट ।

झटारो काँइला said...

त्यत्ति मात्र हो र, इन्टरनेटाँ नि यी बजियाहरुले गलत प्रचार गरेकै छन । हाम्ले मात्र दुखेसो गरेर क्यार्नु ? हाम्रा टाउकेहरुले यिनै धोतीलाई देउता पुजे झैं पुजेपछि ।

Dhal krishna IRAQ.... said...

हामी नेपाल आमा का ,सन्तान लाई ठगिन, बढीन र भचिन हाम्रा नेपाल का ,भरौते नेता ले गर्दे हो ,, एस्को सोलुसोन हामी आम् नेपाली ,खुबी र बिचार सग दज्ने हुनु जरुरी छ।

keshav kc Iraq........../ said...

हजुर को ब्लग मा लिखित लेख सार्है मार्मिक लाग्यो,हामी' मर्द को छोरा ले रुनु हुँदैन' तर परिस्थिती यस्तो आउछ कि रुनु लाई नकार्न सकिदैन। हामी बिदेश मा भएर पनि आफ्नो भौगोलिक रुप मा हाम्रो अस्तित्व गुम्ने डरले साथै भगवान गौतम बुद्ध को बारेमा भनौ कि नालापनी देखी..........
कालापानी सम्म हाम्रा भ्रस्ट एबम नामर्द नेताहरु ले गर्दा हामी धेरै पटक रुनु परेको छ।अझै आगामी दिनहरु मा कती रुनु पर्ने यी भ्रस्ट नेताहरुले गर्दा।।।।।।धन्यबाद प्रकाश जि आन्तिम मा हजुर को लेख अझै प्रस्फूटन हुँदै जाओस यही मेरो कामना......./

साहित्य संसार said...

समीरजी यहाँको बिचारको हार्दिक प्रसंशा गर्न रूचाएँ । कहिलेकाही दुखी हुँदा मनमा सल्बलाउने भावनाहरूलाइ निकै भावुकताका साथ प्रस्तुत गर्नुभयो ।

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।

प्रतिबिम्बलाई आफ्नो अमूल्य सुझाव तथा टिप्पणी पठाउन चाहनुहुन्छ भने यसो गर्नुहोस्:-


* तलको बक्समा आफ्नो टिप्पणी (Comment) लेख्‍नुस्
* Comment as : Select profile लेखेको छेऊको arrow मा click गर्नुस्
* तल रहेको Name/URL क्लिक गर्नुस्
* आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
* Post Comment क्लिक गर्नुस् !!