देश खाने कथा - ( १ )

Tuesday, June 21, 2011



१.  सयौं पशु एकै ठाम्
काम साम, बसी बसी माम् - को हो? 

२ .
बोली मा गोली कपटी चाल
बाउन्न तिक्डम्, त्रिपन्न ताल     
झल्लु जी का महाकाल - को हो?


३.  जनताको लात, भारतको साथ,
चुनावमा आलु खाए पनि पेंडाको धाक,
फर्सी जस्तो अनुहारमा घिरौंला जस्तो नाक - को हो?


४.  बुद्धीका मालिक, प्रचन्डका दास,
माछो माछो भ्यागुतो, प्रधानमन्त्रीको आश- को हो?  
 
५.  गफ मात्र ठुला, काम कुरो नास्ती
मनपरी बोल्यो, खण्डनको सास्ती
भाषण दिँदा स्विजरल्याण्ड, बनाउने बेलाँ बाँदरल्याण्ड - को हो ?

 ६.  दुई घरकै मुखिया, भाग्य चैं ठुलो
बुइ मात्र चढ्ने हात खुट्टा लुलो
हैसियत मेरो ठुलो हो भन्ने   
फुच्चे फाच्चे कसैले नगन्ने - को हो 
 
७.  युवाको दुश्मन, बुढो रुखको पाले
घरबार भा'छैन पोंथी हो कि भाले- को हो



यी सात ओटै देश खाने कथाको उत्तर पत्ता लाम्
नेपालको संबिधान बनेको भोली पल्ट पुरस्कार पाम्

झट्ट हेर्दा गाउँ खाने कथा (Village eating story) जस्तो लागे पनि यी देश खाने कथा (Country eating story) हुन् ।

9 Comments:

Dilip Acharya said...

सबै देश खाने कथाहरू दामी दामी रहेछन् । बरू उत्तर दिन हत्तार नगरेको भए हुन्थ्यो कि ? (उत्तर डिलिट गर्ने कि?)। पाठक बाटै उत्तर लिँदा अझ रमाइलो थपिन्छ (हुन त सबै प्रश्न 'Question paper out' भएका जस्तै क्लिएर छन :)

प्रकाश समीर said...

दिलीप सर यो "देश खाने कथा" पोष्ट गर्नु भन्दा पहिला मैले प्रत्येक प्रश्न सँगै उत्तर राखेको थिएं र पछी तपाईंको यो सुझाव जस्तै उत्तर नै नराख्ने कि भन्ने पनि सोचें तर अन्तमा उत्तर राख्दा ठिकै होलाकी भन्ने लाग्यो मलाई । अहिले तपाईंको सुझावलाई सिरोपर गर्दै पाठकहरुलाई "टास्क" कै रुपमा उत्तर पत्ता लगाउने जिम्मा छोडौं है त! सुझावको लागि हार्दिक धन्यवाद!

krishna dahal [iraq] baghdad. said...

हजुर को कथा साह्रै राम्रो लागो ,, अझ अगाडि बदोश ल ,,|

वेदनाथ पुलामी said...

1 सभासद !
2 के पि ओली
3 माकुने
4 बाबुराम
5 प्रचण्ड
6 .....
7......

प्रकाश समीर said...

बेदजी उत्तरको लागि हार्दिक धन्यवाद ! तपाईंको उत्तर सही/गलत के हो, अरु साथी हरुलाई पनि अनुमान लगाउन दिउँ ल।

Jotare Dhaiba said...

मैले भने उत्तर जुटाउने मेसोभन्दा देश खाने ती 'बज्रदन्त'को चित्र मनैमन बनाउँदै खित्का छाडें । रमाइलो लाग्यो यो प्रस्तुति ।

keshav kc IRAQ said...

प्रकाश जि,
हजुर को ब्लग म लिखित लेख'देश खाने कथा'को प्रस्तुती साथै राम्रो लाग्यो पनि।
म पनि हजुरको प्रश्न को सम्भाबित उत्तरहरु को खोजी मा छु।
शायद यि हुन कि भन्ने मलाई लागेको छ।
०१।। सभासद
०२।। के पि ओली
०३।। माधव कुमार नेपाल
०४।। बाबु राम
०५।। प्रचन्ड
०६।। उपेन्द्र यादब
०७।। शुशिल कोइराला
अन्तिम मा प्रश्न को शहि उत्तर नमिले मा ब्लगगर बाट पाउने आशा मा ।।।।। भन्दै आज लाई
गूड् नाएट गरौ कि ? ;।।।।।फेरी भेट हुनै छौ ।।।।।।अर्को लेख मा......
bhet.................

Chaitanya said...

गजब देश खाने कथा रहेछन | कसले पो खाने हो, हेर्दै छु !

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।

प्रतिबिम्बलाई आफ्नो अमूल्य सुझाव तथा टिप्पणी पठाउन चाहनुहुन्छ भने यसो गर्नुहोस्:-


* तलको बक्समा आफ्नो टिप्पणी (Comment) लेख्‍नुस्
* Comment as : Select profile लेखेको छेऊको arrow मा click गर्नुस्
* तल रहेको Name/URL क्लिक गर्नुस्
* आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
* Post Comment क्लिक गर्नुस् !!