"शुभकामना नयाँ बर्ष-२०६८ को "

Monday, April 11, 2011

                     

                   नयाँ बर्ष २०६८ को उपलक्ष्यमा
                          मेरा सम्पूर्ण साथीहरुमा हार्दिक मंगलमय शुभकामना !

 


नयाँ बर्ष मनाउने केही अनौठा चलनहरु

स्पेन:
स्पेनमा नयाँ बर्ष सुरु हुने रातको ठीक बार् बजे बार् वटा अङ्गुरको दाना घडीको प्रत्येक सेकेन्ड सँगै एक एक गरेर खाइन्छ ती बार् अङ्गुरका दानालाई भाग्यका प्रतिक मान्दै त्यो खाएमा बर्षको बार्है महिना सुख समृद्धी भाग्य भित्रिने विश्वास गरिन्छ।

स्कटल्यान्ड:
स्कटिसहरु नयाँ बर्षको बेला आफ्नो घरमा झुल्कने पहिलो आगन्तुकलाई त्यो बर्षको भाग्य जाँच्ने कसी ठान्छन् यस प्रथालाई स्कटल्यान्डमा "फस्ट फूटिङ" (first footing) भनिन्छ उनिहरुको घरमा आउने पहिलो आगन्तुक पुरुषनै भएमा त्यो पनि जिउडाल चटक्क मिलेको अग्लो, गाढा रङको सुन्दर  भएमा त्यो ब्यक्ती लछिन लिएर आएको मानिन्छ त्यो ब्यक्ती व्हिस्की उपहार लिएर आएको भने झन् त्यो बर्ष खुशी उमंगमा बित्ने विश्वास गर्छन् उनिहरु। आगन्तुक ब्यक्ती मुल ढोकाबाट प्रबेश गरेर पछाडिको ढोकाबाट बाहिरिएमा बर्षभरी फलिफाप हुने मानिन्छ।

नेदरल्यान्ड:
नेदरल्यान्डमा क्रिस्मसको बेला सजाइएका क्रिस्मस ट्रीहरु जम्मा गरेर नयाँ बर्ष सुरुहुने घडीमा तिनिहरुमा आगो लगाइन्छ। क्रिस्मस ट्री जलाएर मनोरन्जन् लिने क्रममा आगो यती ठुलो भइदिन्छ कि कहिले काही यसले खतरा समेत निम्त्याउने गरेको

ब्राजिल:
नयाँ बर्षको बेला ब्राजिलको इपानेमा समुद्री तटको नजिक बस्ने बासिन्दाहरु एउटा डुंगालाई मैन बत्ती फूलले सजाएर मनले चिताएको पुगोस् भन्ने कामना गर्दै समुद्रको छालले भेट्ने ठाउँमा लगेर राखिदिन्छन् यदी छालले त्यो डुंगालाई तानेर समुद्रमा लाग्यो भने त्यो बर्ष उनिहरुको मनोकामना पुरा हुने बिश्वास गरिन्छ।

जापान:
नयाँ बर्ष सुरु हुने मध्य रातमा जब घडीले बार् बजेको संकेत गर्छ तब जापानीहरु केही ठट्टा उट्पट्याङ सोच्दै हास्न थाल्छन्। नयाँ बर्ष सुरु हुने बेलामा हासिएको यो हासोले बर्ष भरी नै सौभाग्य प्रशन्नता भित्रिन्छ भन्ने उनिहरुको मान्यता


डेनमार्क:
डेन्मार्कमा नयाँ बर्ष मनाउने अली अनौठो शैली छ। त्यहाँ नयाँ बर्ष सुरु हुने राती आफ्ना घरमा भएका प्लेट लगायत साथीहरुको दैलो अगाडी लगेर फुटाउने चलन छ। भोली पल्ट बिहान जसको दैलो अगाडी जती धेरै भाँडा कुडा फुटेका भेटिन्छन् उसको त्यतीनै धेरै साथी भएको मानिन्छ। साथै ठीक बार् बजे कुर्ची माथि चढेर सबै जना उफ्रदै खुशीयाली मनाउछन्

फिलिपिन्स:
फिलिपिन्समा नयाँ बर्षको अबसरमा गोलाकार र ब्रिताकार चिजहरुलाई भाग्यका प्रतिक मानिन्छ। त्यसैले उनिहरु नयाँ बर्षमा त्यस्तै खालको बुट्टा भएको पोशाकहरु लगाउन मन पराउछन् र फलफूल पनि त्यस्तै आकारका खान्छन् (स्याउ, सुन्तला,अङ्गुर आदि )। तर फलफूल खाँदा ठीक बार्‍ह वटा मात्र खानुपर्ने हुन्छ। मुल ढोकामा सिक्का र अङ्गुर लगायतका गोलाकार फलफूलले सजाएमा भाग्य भित्रिन्छ भन्ने उनिहरुको बिश्वास  छ। साथै नयाँ बर्षमा खल्तिमा सिक्का राखेमा बर्ष भरी नै धनको अभाव नहुने मानिन्छ। 

आयरल्यान्ड:
नयाँ बर्षमा आइरिसहरुले पाउरोटीलाई घरको भित्तामा टाँसेर भित्तो ठटाउँदै नयाँ बर्षको स्वागत गर्दा रहेछन् पाउरोटी भित्तामा टाँस्नुको अर्थ त्यो बर्ष अन्न धन धान्यले भरिपूर्ण होस् भन्ने हो भित्तो ठटाउनुको अर्थ घरमा बास गरेका भुत, प्रेतात्माले घर छोडुन् भन्ने हो।  

नोट: नयाँ बर्ष मनाउने यी परम्पराहरु कुनै देश बिशेषको पुरै भागमा नभएर कुनै निश्चित ठाउँको मात्र पनि हुन सक्छ।

 
नयाँ बर्षलाई स्वागत गर्नु भन्दा पहिला एक पटक बर्ष २०६७ लाई फर्केर हेरौं है

बर्ष २०६७ मा नेपालले दुई वटा विश्व किर्तिमान राख्यो, बिश्वका सबै भन्दा होंचा ब्यक्तीमा दर्ता भएर खगेन्द्र थापा मगरले पहिलो किर्तिमान राखे भने दोश्रो किर्तिमान रामचन्द्र पौडेलले प्रधानमन्त्रीको चुनावमा सबै भन्दा धेरै पटक (१६ पटक ) हार्ने ब्यक्तिको रुपमा बनाए ।


राजनीतिक खिचा तानीका खेलहरु पनि बर्ष भरी नै चली रहे । राष्ट्रिय स्तरका राजनीतिक खेलाडीहरु माकुने र केपी भर्सेस प्रचन्ड र झलनाथका बिचमा लामो समय देखि चल्दै आएको "कपर्दी" मा प्रचन्ड र झलनाथको टिम उपाधी चुम्न सफल भयो।


राम्रा ब्यक्तिको स्वर्गमा पनि डिमान्ड हुन्छ भनेको सुनेको थिएँ । "सन्त" नेता किसुन् जी, लेखक तथा ईतिहासकार डाएमन्ड समसेर राणा र आनन्दी देवी सिंह त्यही "राम्रा" हरुको कोटा अन्तर्गत स्वर्गको छनौटमा परे यसै साल ।


बर्ष २०६७ नेपाली चलचित्र क्षेत्रका लागि शुभ रहेन। चलचित्र कर्मीहरुको सोर्ह करोड रुपैयाँ डुबानमा परेछ। नपरोस् पनि कसरी, मजदुर र "पाखे" हरुले मात्र फिल्म हेरिदिएर कहिले सम्म थाम्न सक्छ यो क्षेत्रले । शहरीया र शिक्षित भनिने बर्गहरुले नेपाली फिल्मलाई माया नगर्दा सम्म नेपाली चलचित्र कर्मीहरु डुबान पीडित भई नै रहनु पर्ने छ।


२०६७ सालमा सबै भन्दा जनप्रिय भए प्रधानन्यायाधिश रामप्रसाद श्रेष्ठ । बन्द प्राय भइसकेको भ्रष्टाचारीहरुको फाइल पुन: खोल्ने हिम्मत गरे उनले। त्यसो त भ्रष्टाचारको धन हजम गर्नको लागि अनेक ब्रान्डका हाजमोला
-हरु प्रयोग नगरेका होइनन् चिरन्जिबी वाग्लेले। आखिर इमानी "न्यायमुर्ती" का अगाडि "खुर्साने माइला" को पाचन् प्रणालीले काम गरेन र जेल यात्रा गर्नै पर्यो । रामप्रसाद श्रेष्ठ जस्ता न्यायकर्मी यो देशमा खाँचो थियो । तर दुखको कुरा उनी छिट्टै अवकाश लिदै छन्। अब आउने प्रधानन्यायाधिश खिलराज रेग्मी रामप्रासाद पथमा हिंड्ने हुन् कि होइनन् हेरौं। जे होस् जाँदा जाँदै रामप्रसाद श्रेष्ठलाई नेपाली जनताको लाखौं लाख सलाम ! अनी भावी प्रधानन्यायाधिश खिलराज रेग्मीलाई रामप्रसाद श्रेष्ठले खनेको गोरेटोलाई झनै चौडा पार्नुहोस् भन्ने शुभकामना !


बर्ष २०६७ राजस्वमारा ब्यापारीहरुको लागि पनि सुखद रहेन। जनताले सरकारलाई दिनू भनेर ब्यापारीलाई सुम्पेको कर आफ्नो खल्तीमा हालेर देश र जनताको अरबौं रुपैयाँ लुट्न पल्केका केही ठुला ब्यापारिक घरानाहरुको ठगी कर्तुत २०६७ ले अलिकती भएपनि खोतल्न सफल भएको छ। आशा गरौं नयाँ बर्ष २०६८ ले ती ठग ब्यापारीहरुलाई पनि चिरन्जिबी वाग्लेको साथी बनाउने छ।


अन्तरराष्ट्रिय घटनाहरुमा झन्डै पच्चिस हजारको ज्यान जाने गरी जापानमा आएको भुकम्प र त्यसपछी आएको बिनासकारी सुनामी अनि परमाणु बिकिरणको चुहावाटले फैलाएको त्रासदी नै प्रमुख रहयो। यस बाहेक मध्यपूर्ब र केही अफ्रिकी मुलुकमा भएका राजनीतिक हलचल र परिवर्तन (जो अझै जारी छ ) पनि उल्लेख्य रहे भने २८ बर्ष पछी भारतले विश्वकप क्रिकेटको उपाधी दोश्रो पटक आफ्नो पोल्टामा पार्न सफल भयो।



               जाँदा जाँदै पुन: एक पटक नयाँ बर्ष २०६८ को मङ्लमय हार्दिक शुभकामना।


                                                          Happy New year !

2 Comments:

keshav kc,BAGHDAD..... said...

प्रकाश जि सर्बप्रथम नवबर्ष २०६८ को शुभकामना साथै हजुर ले चालेका पाइलाहरु ले सगरमाथाको शिखर मा चुम्न सफल होस् अनी बिश्व का बिबिध देश हरु मा बिबिध किसिम ले मनाइने'नया बर्ष'को बारे म जानकारी दिनु भएको मा हजुर लाई धेरै२ धन्यवाद।।।।साथै देश-बिदेश वास्तबिक घटना हरु लाई पनि समाबेश गरी अबगत गराउनु भएको maa pani................../

Unknown said...

दुई आँखा चिम्ले मनमा अयो तपाईंको सम्झना कल्पना गरे केही दिन खोजे भेटाये शुभकामना झर्न झै बगिरहोश मन्क ति भावना फुल झै हरपल फुलिनै रहोश प्रगती र चाहन नाम र कृति फैलिरहोश सिद्दहोश कामना नयाँ बर्षा २०६८ सुखमाया बनोश यहिछ मेरो शुभकामना

प्रतिबिम्बलाई आफ्नो अमूल्य सुझाव तथा टिप्पणी पठाउन चाहनुहुन्छ भने यसो गर्नुहोस्:-


* तलको बक्समा आफ्नो टिप्पणी (Comment) लेख्‍नुस्
* Comment as : Select profile लेखेको छेऊको arrow मा click गर्नुस्
* तल रहेको Name/URL क्लिक गर्नुस्
* आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
* Post Comment क्लिक गर्नुस् !!