नयाँ बर्ष २०६८ को उपलक्ष्यमा
मेरा सम्पूर्ण साथीहरुमा हार्दिक मंगलमय शुभकामना !
नयाँ बर्ष मनाउने केही अनौठा चलनहरु
स्पेन:
स्पेनमा नयाँ बर्ष सुरु हुने रातको ठीक बार्ह बजे बार्ह वटा अङ्गुरको दाना घडीको प्रत्येक सेकेन्ड सँगै एक एक गरेर खाइन्छ । ती बार्ह अङ्गुरका दानालाई भाग्यका प्रतिक मान्दै त्यो खाएमा बर्षको बार्है महिना सुख समृद्धी र भाग्य भित्रिने विश्वास गरिन्छ।
स्कटल्यान्ड:
स्कटिसहरु नयाँ बर्षको बेला आफ्नो घरमा झुल्कने पहिलो आगन्तुकलाई त्यो बर्षको भाग्य जाँच्ने कसी ठान्छन् । यस प्रथालाई स्कटल्यान्डमा "फस्ट फूटिङ" (first footing) भनिन्छ । उनिहरुको घरमा आउने पहिलो आगन्तुक पुरुषनै भएमा र त्यो पनि जिउडाल चटक्क मिलेको अग्लो, गाढा रङको सुन्दर भएमा त्यो ब्यक्ती लछिन लिएर आएको मानिन्छ । त्यो ब्यक्ती व्हिस्की उपहार लिएर आएको छ भने त झन् त्यो बर्ष खुशी र उमंगमा बित्ने विश्वास गर्छन् उनिहरु। आगन्तुक ब्यक्ती मुल ढोकाबाट प्रबेश गरेर पछाडिको ढोकाबाट बाहिरिएमा बर्षभरी फलिफाप हुने मानिन्छ।